Hot News
बाटो काट्दै हुनुहुन्छ ? जरिवानामा पर्नुहोला ? ; राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल
Home > News > News

एन.आर.एन. र च्याम्बरले एकसाथ नयाँ वर्ष मनाए

Tuesday, 04.18.2017, 11:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा

    १४ अप्रिल, हङकङ– विभिन्न कार्यक्रमहरु सहकार्यमा गर्दै आएका एन.आर.एन हङकङ र नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपाली नयाँ वर्ष समेत एक साथ मनाए ।
    जोर्डन स्थित कङ्गन रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रममा एन.आर.एन. र च्याम्बरका पदाधिकारीहरुका साथै हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, सल्लाहकार हेजेन राई, आदिबासी जनजाती महासंघका अध्यक्ष एम.बि. थापामगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी तथा ब्यापारीहरुको उपस्थिति रहेको थियो ।


    च्याम्बरका अध्यक्ष डासुराम पराजुली तथा एन.आर.एन.का अध्यक्ष ललित सुब्बाद्धारा श्वागत मन्तब्य राखिएको उक्त कार्यक्रम गर्नुको उदेश्य तथा महत्व माथि कार्यक्रम संचालक तथा एन.आर.एन.का प्रवत्ता किसन राईले प्रष्ट्याएका थिए ।
    जलपान तथा डिनर सहित आयोजना गरिएको उक्त कार्यक्रममा एक आपसमा शुभकामना आदनप्रदान तथा कार्यक्रमको अन्तमा नाँचगान समेत गरिएको थियो ।





Hot News

 

SEARCH

Newsletter

Top