Hot News
सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय ; चार अर्बको गोली किन्न सरकारलाई दबाव
Home > News > News

कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु

Tuesday, 03.21.2017, 10:37am (GMT+6.5)    | Comment | Print | Tell friend

    १९ मार्च, हङकङ– धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै कार दुर्घटनामा जोर्डन स्थित हाउस स्पेशल सपका संचालक विष्णु कुमार लिम्बुको मृत्यु भएको छ  । धरान–१२ का बासिन्दा मृतक लिम्बु दुर्घटना भएको भोलीपल्ट (२० मार्च, सोमबार) हङकङ आउँने क्रममा थिए ।
    माइखोलामा पूजा गरेर फर्किने क्रममा धरानका सुन व्यवसायी राजेन्द्र ल्वागुनले चलाएको गाडी चारकोशे जंगल बीचमा अनियन्त्रित भई दुर्घटना हुँदा मृत्य भएका लिम्बू र ल्वागुन दुबै हङकङ आउँने तयारीमा रहेको आफन्तहरुले बताए । उनीहरु चढेको बा १५ च २०६१ नम्बरको कार शनिबार अपरान्ह करिव ३ बजेतिर दुर्घटना भएको थियो ।  राजेन्द्रका पिता कृष्णलालका अनुसार राजेन्द्र र विष्णु एकदमै मिल्ने साथी थिए । 
     दुर्घटना भएको करिव १८ घण्टा बितिसक्दा समेत घाइेतेहरुको राम्ररी होस खुलेको छैन । राजेन्द्र समेत अचेत अवस्थामा छन् । त्यस्तै उनको श्रीमती शुशिलाको खुट्टा भाच्चिएकाले वार्डमा सारिएको छ । मृतक विष्णुको श्रीमती दिलकुमारी लिम्बुको समेत आकस्मिक कक्षमै उपचार भएरहेको छ ।
     मृतक विष्णुको ६ महिनाको छोरो याङबोहाङ लिम्बुको मार्च ८ मा मात्रै भात खुलाई गरिएको थियो । उक्त दुर्घटनामा आमाबाबाका साथ कारमै रहेका याङबोहाङ भने सकुशल रहेको हङकङबासी उनका आफन्तहरुले बताए ।

-फोटो तथा समाचार स्रोतः धरान, ब्लास्ट खबर





Hot News

 

SEARCH

Newsletter

Top