Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

Tuesday, 03.21.2017, 09:54am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
    १९ मार्च, हङकङ– युनाइटेड तेक्वान्दो एसोसिएशन हङकङको ३३ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट मङकक स्थित फा युन स्पोर्टस सेन्टरमा सम्पन्न भयो ।
    क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा २ जना ब्लाक बेल्ट थर्ड डान, १ जना ब्लाक बेल्ट सेकेण्ड डान, ७ जना ब्लाक बेल्ट फष्ट डान सहित २३० जना कलर बेल्टका खेलाडीहरु सहभागी थिए ।  
    सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा अपग्रेडिङ्गका अतिथि हङकङ पुम्से युनियनका मास्टर ईपद्धारा ३२ औं अपग्रेडिङ टेष्टमा पास भएका ब्लाक बेल्ट फोर्थ डान, थर्ड डान, सेकेण्ड डान तथा फष्ट डान स्टुडेण्टहरुलाई कुक्कीवान हेडक्वाटरको प्रमाणपत्र तथा युनिफर्म समेत हस्तान्तरण गरिएको थियो । 
    जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, लगायत हङकङका विभिन्न स्थानमा गरी १२ वटा ब्रान्च रहेको उक्त क्लबमा ३०० बढि स्टुडेण्टहरु रहेका छन् भने हङकङमा आयोजना गरिने विभिन्न स्पारिङ तथा पुम्से (प्याटर्न) प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आएको क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईले बताए ।

       केहि दशकयता अन्तराष्ट्रिय खेलका रुपमा लोकप्रिय बन्दै गएको तेक्वान्दोले श्वास्थ्य रहनका लागि शारीरिक व्यायम, आत्म सुरक्षाका साथै अनुशासनमा रहन समेत सिकाउँने हुँदा समयको सदुपयोग गर्दै सबैले सिक्दा राम्रो हुनेमा समेत मास्टर राईले जोड दिए ।







Hot News

 

SEARCH

Newsletter

Top