Hot News
ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित ; २६ जिल्लामा जनजीवन अस्तब्यस्त
Home > News > News

बोआओ सम्मेलनमा सहभागीहुन प्रधानमन्त्री चीन जाने

Saturday, 03.18.2017, 12:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

५ चैत २०७३

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालको एक साताको चीन भ्रमण गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ताका लागि समय मिलेपछि उनको भ्रमण बेइजिङबाट सुरु हुने भएको हो। भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खस्याङसँग उनले वार्ता गर्नेछन्।

भ्रमणका बेला नेपालचीनबीच महत्वपूर्ण बैठक र सम्झौता तथा सहमतिपत्रमा हस्ताक्षर समेत हुने स्रतले बताएक छ । आउँदो साता चीनको हेनान प्राप्तको बोआओमा सुरु हुने 'बोआओ फोरम फर एसिया सम्मेलन' मा सहभागिताका लागि निमन्त्रणा आएपछि प्रधानमन्त्री दाहालले चीन भ्रमणको तयारी सुरु गरेका थिए।

बेइजिङमा महत्वपूर्ण राजनीतिक भेटघाटपछि उनी बोआओ सम्मेलनमा सहभागी भई सम्बोधन गर्नेछन्। एसियाका २८ राष्ट्रका प्रतिनिधि सम्मिलित बोआओ फोरमको वार्षिक सम्मेलन चैत ९ देखि १३ गतेसम्म हुने भएको छ। प्रत्येक वर्ष चीनले बोआओ सम्मेलन आयोजना गर्नेगर्छ। चीनले प्रत्येक पटक नेपाललाई सहभागी हुन निमन्त्रणा पठाउने गरेको छ। सम्मेलनको यसपटकको थिम 'विश्वव्यापीकरण र खुला व्यापार' रहेको छ। गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि बोआओ सम्मेलनमा सहभागी हुन चीन गएका थिए। ओली बेइजिङ हुँदै बोआओ पुगेका थिए। ओली बेइजिङमा रहँदा नेपाल र चीनबीच पारवहन तथा यातायातसहित १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। त्यति बेला अन्य २७ मुद्दामा पनि छलफल भएको थियो। बहुप्रतीक्षित इन्धन सम्झौतामा गत वर्ष नेपाल र चीनबीच सम्झौता हुने सकेको थिएन। चीनबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्नेसम्बन्धी व्यापारिक सम्झौता सम्पन्न गर्न दुवै सरकार सहमत भने भएका थिए।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top