Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > News

पत्रकार आचारसंहिता परीक्षण तथा अभिलेखीकरण विनियमावली, २०७३ लागू गर्ने तयारीमा

Thursday, 03.16.2017, 01:42pm (GMT+6.5)    | Comment | Print | Tell friend

३ चैत २०७३

काठमाडाै

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता योग्यता परीक्षण तथा अभिलेखीकरण विनियमावली, २०७३ को मस्यौदा लागू गर्ने तयारी गरेको छ । बिशेषज्ञ सम्मिलित कार्यदलले बृहत छलफलपछि तयार गरेको मसौदालाई प्रेस काउन्सिल नेपालको आगामि बैठकले पारित गरेपछि लागू हुनेछ ।

आचारसंहिता पालनाको स्थितिलाई अभिवृद्धि गरी सञ्चारमाध्यमको गुणस्तर र स्वस्थ पत्रकारिताका विकासका लागि  प्रेस स्वतन्त्रतालाई दुरुपयोग हुन नदिई पत्रकार र आमसञ्चारमाध्यमलाई जिम्मेवार र उत्तरदायी बनाउने उद्येश्यले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १८ बमोजिम यो विनियमावली बनाइएको हो ।

विनियमावलीको मसौदामा बर्षमा कम्तीमा एकपटक पत्रकार आचारसंहिताको परीक्षा सञ्चालन गर्ने, पत्रकारिता गरिरहेको पत्रकार हो, होइन रु सोको अभिलेख राख्ने, वरिष्ठ पत्रकार र सम्पादकको उपाधि दिने, ५/५ बर्षमा नविकरण गर्ने लगायतका प्रावधानहरु राखिएको छ । पत्रकारिता गरिरहेको पत्रकार हो, होइन ? सोको अभिलेख राख्ने, वरिष्ठ पत्रकार र सम्पादकको उपाधि दिने, ५/५ बर्षमा नविकरण गर्ने लगायतका प्रावधानहरु राखिएको छ । 


महेन्द्रराज सिंह

Hot News

 

SEARCH

Newsletter

Top