Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

ए.पी.एफ.का कलाकारहरुको साथमा सगरमाथा साँझ ३ सम्पन्न

Sunday, 03.12.2017, 10:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
   ११ मार्च, हङकङ– चर्चित  जनवादी गायक राजन राई, हास्यकलाकार विल्सन विक्रम राईका साथै सशस्त्र प्रहरी बल, साँस्कृतिक शाखाका आधा दर्जन बढि कलाकारहरुको बेजोड प्रस्तुतीसंगै सगरमाथा साँझ–३ सम्पन्न भयो ।
    एभरेष्ट मिडियाको आयोजनामा सम्पन्न उक्त

सांगितिक साँझमा नेपालबाट आएका कलाकारहरु जनगायक राजन राई, हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा), गायीका अमृता सम्बाहाम्फे र सशस्त्र प्रहरी बल, साँस्कृतिक शाखाका कलाकारहरु रेशु नेपाली, राजिप बज्राचार्य, नरशे घले, देव थिङ, नविना के.सी., अनिता रञ्जितकार, मन्दिरा न्यौपाने र मनु लिम्बुका साथै यू.के.बाट आएका गायक विमल मगर र हङकङका कलाकारहरु राज तामाङ, देवि थापा र हेम दिलुङछा समेतले आफ्नो प्रस्तुती दिएका थिए ।
    देश र जनताको सुरक्षार्थ २४ सै घण्टा तैनाथ रहने सशस्त्र प्रहरी बल, साँस्कृतिक शाखाका कलाकारहरुले हङकङको स्टेजमा पहिलो पटक लोक, हाँस्य लगायत विविध विधाका दर्जन बढि नृत्यहरु प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । त्यस्तै गरि जनवादी तथा प्रगतिशिल गायकका रुपमा परिचित राजन राईले “कान थापेर सुनी देउ बहिनी, रीतिथीति बिग्रेर गई सक्यो”, “तारै खस्यौली बहिनी, रुदै बस्यौली” जस्ता आधा दर्जन बढि जनवादी तथा लोकप्रिय लोकभाकाहरु सुनाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
    तक्मे बुढाको रुपमा हास्यकलाकारबाट सानो पर्दामा स्थापित हुंदै कलिउडबाट केहियता बलिउडमा समेत अभिनय गरिसकेको विल्सन विक्रम राई (तक्मे बुढा) ले समय सामयीक व्यङ्गहरु प्रस्तुत गर्दै दर्शकहरुलाई हसाँएका थिए । त्यस्तै गरि युवा पप गायक विमल मगर तथा गायीका अमृता सम्बाहाम्फे लगायत स्थानिय कलाकारहरुको प्रस्तुतीले समेत दर्शकहरुको मन जित्न सफल भएको थियो ।
     युन लङ थिएटरमा आयोजित उक्त सांगितिक साँझलाई संचारकर्मी जस कुमार राईले संचालन गरेका थिए ।





Hot News

 

SEARCH

Newsletter

Top