Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > News

बाणगंगावाट निकासीका लागि अध्ययन गर्न वातावरण मन्त्रालयको टोली अनुगमनमा

Sunday, 02.28.2016, 09:24am (GMT+6.5)    | Comment | Print | Tell friend

कपिलवस्तुको बाणगंगा नदीको निकासी खोल्न वातावरण मन्त्रालयका सहसचिव नारायण तिमिल्सेना नेतृत्वको प्राविधिक टोलीले निकासीका श्रोत र संभावनाको स्थलगत अनुगमन शुरु गरेको छ । जिविस कपिलवस्तु र जिल्ला प्राविधिक कार्यलयका प्रतिनिधी सहितको टोलीलाई समेत साथै लिई वाणगंगाका विभिन्न स्थानहरुको टोलीले हिजोदेखि अवलोकन गरेको हो । निकासीका संभावना र यथार्थता सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने गरि अध्ययनमा आएको टोली प्रमुख तिमिल्सेनाले वताउनुभयो । अनुगमनमा रहेको टोलीलाई स्थलगतरुपमा भेट्दै कपिलवस्तुका सांसद बलराम अधिकारी र विश्राम प्रसाद थारुले जतिसक्दो छिटो सकारात्मक प्रतिबेदन पेश गरेर वाणगंगा नाका खोल्न जिविसलाई निर्देशन दिन मन्त्रालयको टोली समक्ष आग्रह गर्नु भएको थियो । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top