Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

किरात राईहरुको ऐतिहासिक वृतचित्र हङकङमा प्रदर्शन

Tuesday, 10.20.2015, 08:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
      १८ अक्टोबर, हङकङ– किरात राई प्रज्ञा परिषद सदस्य शालिक शतासक राईद्धारा गहिरो खोज, अनुसन्धान, लेखन तथा निर्देशनमा निर्माण भएको किरात राईहरु बारेको ऐतिहासिक वृतचित्र सामुहिक चुलाघर खरिद सहयोगार्थ  किरात राई यायोक्खा हङकङले पाकिस्तान क्लबमा प्रदर्शन गर्यो ।  
चुलाघर खरिद तथा व्यावस्थापन विभागका मुल संयोजक हेजेन राईको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि नेपालबाट आउनु भएकी कि.रा.या.नेपाल, केन्द्रिय अध्यक्ष यसोदा राई रहेकी थिइन भने विशेष अतिथिका रुपमा वृतचित्रका निर्देशक शालिक शतासक राई, किरात राई यायोक्खा हङकङका अध्यक्ष शशीमदन राई तथा कि.रा.या.हङकङका प्रमुख कुबिमी श्रेष्ठबहादुर राई रहेका थिए । त्यस्तै गरी अन्य भाषिक संथाका अध्यक्ष तथा प्रतिनिधीहरु किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष पिताम्बर राई, किरात साम्पाङ जुम्लेखाका अध्यक्ष तेज कुमार राई, थुलुङ राई सामाका अध्यक्ष रामली राई, किरात पुमा राई तुप्खा बाङखालाका अध्यक्ष पेङगुइन राई, किरात राई बान्तावा यायोक्लाका अध्यक्ष तिलक मोहन राई, किरात दुमी फान्सिकिमका सचिव सुर्यमान राई आदि अतिथिका रुपमा रहेका थिए ।
     प्रमुख अतिथि यसोदा राई र विशेष अतिथि श्रेष्ठबहादुर राईद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि यसोदा राई तथा विशेष अतिथि शालिक शतासक राईलाई गम्छा ओढाएर तथा फेटा बाधेर सम्मान गरिएको थियो भने सोहि क्रममा कि.रा.या. नेपालको तर्फबाट अध्यक्ष यसोदा राईले कि.रा.या.हङकङलाई उपहार स्वरुप एक जोर झ्याम्टा प्रदान गरेकी थिइन । 
    औपचारिक कार्यक्रमको क्रममा भाषिक संस्थाको तर्फबाट किरात राई बान्तावा यायोक्लाका अध्यक्ष तिलक मोहन राईले छोटो मन्तव्य राखेका थिए भने कि.रा.या. का अध्यक्ष शशिमदन राईले सामुहिक चुलाघर खरिद गर्नुको आवश्यकता र उदेश्य बारे प्रस्ट्याएका थिए । त्यस्तै गरी विशेष अतिथि शालिक शतासक राईद्धारा किरात राईहरुको पहिचान सामुहिक चुलाघर सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
    कार्यक्रमका सभापति हेजेन राईद्धारा चुलाघर खरिदका लागि सहयोगी हातहरु तथा वृतचित्र हेर्न उपस्थित सम्पूर्ण महानुभावहरुलाई एकमुष्ठ धन्यवाद दिदै समाप्त भएको औपचारिक कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि यसोदा राईले आफ्नो मन्तव्य राख्ने क्रममा विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कार र संस्कृति बचाउन अहोरात्र लागि पर्ने हङकङबासी किरात राई दाजुभाई तथा दिदी बहिनीहरुको तारिफ गर्ने कुनै शब्दै नभएको बताउँदै थोपा थोपा मिले सागर बन्छ भने झै सामुहिक चुलाघर खरिद जस्तो पवित्र कार्यमा कि.रा.या.को केन्द्रिय कार्यलयद्धारा पनि धेर थोर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै हङकङबासी समस्त किरात राई दाजुभाई तथा दिदीबहिनीहरुलाई पनि यस पवित्र कार्यमा दिल खोलर सहयोग गर्न समेत अनुरोध गरिन । 
      चुलाघर खरिद तथा व्यावस्थापन विभाग प्रमुख रजिन राईको श्वागत मन्तब्य संगै शुरु भएको औपचारिक कार्यक्रमलाई कि.रा.या. हङकङका महासचिव हरिचन्द्र राईले संचालन गरेका थिए ।
     औपचारिक कार्यक्रमको समापन लगत्तै प्रदर्शन गरिएको करिब पौने दुई घण्टाको वृतचित्रमा किरातहरुको इतिहास देखि वर्तमानसम्म गहन रुपले केलाउँदै किरात राईहरुको बसोबास रहेको नेपालका विभिन्न क्षेत्रका साथै भारतको सिक्किम र दार्जिलिङ समेत पुगेर निर्माण गरिएको उक्त वृतचित्रमा केबल किरात राईहरु बारे मात्रै नभई चारै किरात (राई, लिम्बु, याक्खा र सुनुवार) हरुका विषय वस्तुहरुलाई समेत गहन रुपले उठान गरिएको पाइन्छ । 




Hot News

 

SEARCH

Newsletter

Top