Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > News

नव चेतनशील समाज नेपालको नवौं बाषिर्क साधारण सम्पन्न

Sunday, 10.18.2015, 09:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

      नव चेतनशील समाज नेपालको नवौं बाषिर्क साधारण सभा मकवानपुरको आमभञ्ज्याङ्गमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्णप्रसाद धितालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष अशोक सुजन श्रेष्ठको सभाध्यक्षतामा सभा भएको हो । कार्यक्रममा नेपाली काँङ्ग्रेसका थलनाथ घिमिरे, नेकपा एमाले आमभञ्ज्याङ्गका अध्यक्ष टीका दाहाल, एकीकृत नेकपा माओवादी आमभञ्ज्याङ्गका सदस्य खडानन्द न्यौपाने, सामूदायिक बिकास संस्था (सिडीओ) नेपालकी सुपरभाईजर अप्सरा खतिवडा, चेतनशील समाजका पूर्वअध्यक्ष अच्युत अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

सभामा अध्यक्ष अशोक सुजन श्रेष्ठले आर्थिक तथा सचिव शिव चौलागाईले बाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई संस्थाका अध्यक्ष श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभयो ।




Hot News

 

SEARCH

Newsletter

Top