Hot News
सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > News

नयाँघरेको 'आमिल' विमोचित

Wednesday, 10.14.2015, 10:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

    २४ असोज, २०७२ काठमाडौं/निबन्धकार युवराज नयाँघरेको नयाँ कृति 'आमिल' को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले विमोचन गर्नुभयो ।

विमोचन मन्तव्यमा उप्रेतीले लेखनमा नयाँ शैलीलाई आत्मसात् गरी लेखिएको यो कृतिले वैदेशिक स्थितिको सुक्ष्म चिरफार गरेर धारणा राख्नुभयो । उहाँले भन्नुभयो- 'रित्तिरहेको नेपाली समाजको कारुणिक चित्र उतार्न नयाँघरे सफल छन् आमिलमा ।'

कृतिको समीक्षा गर्दै युवा समालोचक महेश पौडेलले कथा र निबन्धको फ्युजन गरी नयाँघरेले नयाँ विधामा मानवीय संवेदनालाई झकझकाएका छन् भन्नुभयो । पौडेलले भन्नुभयो- 'यो कृति विदेशिएका नेपालीहरुको आँसुहरु प्रतिको यथोचित न्याय पनि हो ।'

समारोहमा साहित्यकार राधेश्याम लेकाली, प्रोफेसर रम्जान अलि, रोजगार मिडिया प्रा.लि. का सम्पादक/प्रबन्ध निर्देशक उद्धव भट्टर्राई, एनआरएनका सल्लाहकार नरेन्द्र भाट लगायतले बोल्नुभएको थियो ।

सोही समारोहमा फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको परदेशी चलचित्रका निर्देशक नारायण रायमाझीले परदेशीको पीडाको विषयमा बोल्दै सो चलचित्रको भन्थेऊ आमा बोलको गीत गाएर रौनकता प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएन विश्व सम्मेलनका लागि काठमाडौं आउनुभएका एनआरएन अभियन्ताहरुको विशेष उपस्थिति रहेको थियो । 

मदन पुरस्कार विजेता नयाँघरेको तेह्रौ कृति हो । उहाँका निबन्ध र नियात्रा नेपाली साहित्यमा चर्चित छन् ।

रोजगार मिडिया प्रा.लि.द्वारा प्रकाशित 'आमिल' मा वैदेशिक रोजगार, विघटित सामाजिक संस्कृति र अन्यौलपूर्ण समकालीन नेपाली युवा जीवनशैलीको सुक्ष्म शल्यक्रिया गरिएको कोमल गैह्र आख्यानमूलक कृति हो । घर भित्र-बाहिरको चेतनालाई तरङ्गित पार्नमा नयाँघरेको लेखनी यहाँ घनीभूत देखिएको छ । 




Hot News

 

SEARCH

Newsletter

Top