कथाकार शम्भु सुस्केराको कथा संग्रह सरोगेट लोग्ने असोज १६ गते विमोचन गरिएको छ

Wednesday, 10.07.2015, 08:18pm (GMT6.5)

      असोज ८ गते देखि काठमाडौको भृकटी मण्डपमा चलिरहेको पुस्तक मेलामा उक्त कृति बिमोचन गरिएको हो ।  पुस्तकको गीतकार डा. नवराज लम्साल निवन्धकार युवराज नयाँघरे र अपराध महाशाखा प्रमुख एसएसपी र्सर्बेन्द्र खनालले संयुक्त रुपमा विमोचन गरेका थिए

कृतिमाथि साहित्यकार विवश अतृप्त यात्रीले समिक्षा गर्दै आमाको काख भाडामा लिने र दिने आधुनिक बिसंग समाजको कथा देखि विपी कोइरालाका यौन मनोविज्ञानसँग मेल खाने समेत समेटिएको बताए ।

कृति र्सार्वजनिक गर्दै एसएसपी र्सर्बेन्द्र खनालले लेखक सुस्केराले प्रहरी  पेशागत धर्मलाई जोगाउँदै सुडानमा द्वन्द्वबाट उत्पन्न अवस्था र एउटा श्रीमानको चारवटी श्रीमती भएर जीवन बाँच्नु पर्दाको यौन कुण्ठाको यथार्थ वर्णन गर्नुका साथै नेपालमा यौन पेसामा होमिन बाध्य नारीका कथा समेत उनेर देश विदेशका यौन विसंगत बोल्न सकेको कुरा बताए

त्यसै गरि डा. नवराज लम्सालले भारतीय लेखक जे कृष्ण मर्तीको भनाई स्मरण गर्दै लेखकहरु कि पहाडले छोपे जस्तो छोपेर लेखिदिन्छन् कि छ्याङ्गै खोलेर उदाङग पारी दिन्छन् । असल लेखकले मलमल कपडाले जसरी छोपेर पाठकलाई इस्पेस दिन्छन् बुझ्न । सुस्केराको कथाले त्यही भान गराउँछ न उदाङगो छ न पहाडले थिचिएको छ । वर्ण र विवरण भन्दा माथि उठेर लेखेकाले सुस्केरा कथा लेखनमा सफल रहेको बताए । बौदिक र तार्किक लेखनमा समेत सुस्केराको परिचय बनेको उस्सले गर्दै व्यक्ति जुन पेशामा भए पनि पेशा भन्दा माथि उठेर चिन्तन गरेर लेख्नेहरु सफल हुन्छन् र भएका छन् भने ।

निबन्धकार युवराज नयाँघरेले विभिन्न पेशाकर्मीहरुको फरक अनुभवले नेपाली साहित्यको उचाइ थप्ने बताए। संग्रहमा संग्रहित कथामा बाल मनोविज्ञानको मिठो चित्रणसँगै गुरु प्रसाद मैँनाली, बिश्वेस्वर प्रसाद कोईराला तारिणी प्रसाद कोईरालका कथा निकट सुस्केराका कथा रहेको बताए ।

कथाकार शम्भु सुस्केराले सरोगेट लोग्ने नेपाली समाजकै कथा भएको दाबी गरे । पेशागत धर्म र मर्यादाका कारण बोल्न नमिल्ने कुरा बोल्न आफ्ना कथाका पात्रहरुले बाध्य पारेको आफ्ना मनका कुण्ठा र असन्तुष्टीहरु र सामाजिक       बिसंगति बाहिर ल्याउन सकेको बताए ।

तरकारी खेतीका लागि जमीन भाडामा दिए जसरी आफ्नो कोख भाडामा दिएर आफनै सन्तानलाई र्स्पर्श गर्न नपाएको सरोगेसी आमा कथा दुइ वर्षअघि लेखेको दाबी गर्ने कथाकार सुस्केराको संग्रहमा मानवेतर सहित १८ वटा कथाहरु संग्रहति छन् । सुस्केराको दाबी छ आफूले शब्द बिहीन आवाजहरु, अनुहार बिहीन अनुहारका कथा लेखेका छन् ।

कथा ट्रिनिटी प्रकाशन प्रालिले प्रकाशन गरेको हो भने हेम भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।



© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.