Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > News

भूकम्प पीडितहरुको सहयोगार्थ “हामी उठ्ने छौं”

Sunday, 10.04.2015, 11:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
    
१ अक्टोबर, हङकङ– राजेश हमाल, करिश्मा मानन्धर, सरोज खनाल, कमल वली, भूषण दाहाल, दिनेश डि.सी. लगायत चर्चित एवं खारिएका करिब १ दर्जन कलाकारहरुको बेजोड प्रस्तुती संगै युन लङ थिएटरमा “हामी उठ्ने छौं” (वि विल राइज) अभियानको कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । 

     वैशाख १२ मा नेपालमा गएको आम विनाशकारी भूकम्प पीडितहरुको सहयोगार्थ खडा भएको “हामी उठ्ने छौं” अभियानका अभियान्ता हङकङबासी पत्रकार तथा समाजसेवीद्धय निर्मल श्रेष्ठ र सुरज गुरुङको विशेष पहलमा हङकङ नेप्लिज तेक्वाण्दो एसोशिएसनले आयोजना गरेको थियो ।
नेपाली राष्ट्रिय गानको धुनसंगै शुरु भएको कार्यक्रमको प्रथम चरणमा कार्यक्रम आयोजक हङकङ नेप्लिज तेक्वाण्दो एसोशिएसनका पे्रसिडण्ट तथा ग्राण्ड मास्टर तुलसी गुरुङले छोटो मन्तव्य राखेका थिए भने उक्त एसोशिएसनका प्रशिक्षक तथा खेलाडीहरुले डेमोस्ट्रेशन प्रदर्शन गरेका थिए ।
      “राष्ट्रभावले उत्साहित झेल्ने छौं, भूकम्पले क्षति गर्यो त के भयो, पूनर्निमाणमा जुट्नेछौं, वीरको छातिमा बज्रिन्छ यस्ता आपदका बज्रहरु, तर पनि हामी फेरि लड्ने छौं, जुटने छौ, हामी फेरि उठने छौं” कार्यक्रम संचालक चर्चित कार्यक्रम प्रस्तोता एवं कलाकार दिनेश डि.सी. को राष्ट्रभावले ओतप्रोत भावनासंगै स्टेजमा देखिएकी चर्चित बाल कलाकार एवं नृतङगना पूजा मगरले आफ्नो प्रस्तुती दिएकी थिएन भने अभिनेता सरोज खनाल र रंगकर्मी सरिता गिरीको सकेको केहि सहयोग गरौं भन्ने शन्देशमूलक लघु नाटकले धेरैको मन जीत्न सफल भएको थियो । अभिनेत्री सुष्मा कार्कीको एकल तथा ग्रुप डान्सले वान्स मोर सहितको ताली पायो भने चर्चित लोक गायीका कोमल वलीले “बाँझो खेतमा...” र “म त छु चिटिक्क परेकी पियारी” गाएर हङकङ महावाणिज्यदुत महेश प्रसाद दहाल, तुलसी गुरुङ लगायतका व्यक्तित्वहरुलाई स्टेजमै नचाइन् ।
     “यहाँ देशको छ चिन्ता...” र “मैले माया गर्न जानिन...” जस्ता चर्चित गीतहरु गाएर लोकप्रिय युवा गायक दिपक लिम्बुले दर्शकको मन जीत्न सफल भए भने चलचित्र रेशम फिलिलीको बहुचर्चित गीत “पिरतीको छाता ओढौंला....” गीतमा उक्त चलचित्रका अभिनेता तथा अभिनेत्री विनय श्रेष्ठ र मेनुका प्रधानले नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
    
कान्तिपुर टेलिभिजनको लोकप्रिय टल्क शो “फायर साईड”मा भुषण दाहालले राजेश हमाललाई स्टेजमा लाइभ देखाएका थिए भने सरोज खनाल र करिश्मा मानन्धरको नृत्यले दर्शकहरुलाई कहिले रुन त कहिल हाँस्न बाध्य पारेको थियो । महानायक राजेश हमालका चलचित्रका कुनै जमानाका चर्चित गीतहरु रातो टिका निधारमा..., "बाझो खेतमा...", "हुदैन रेलिमाई चट्ट टिपन..." लगायतका मिक्स गीतमा राजेश हमाल, सुष्मा कार्की र सरिता गिरीको बेजोड प्रस्तुती संगै कार्यक्रमको अन्त्य भएको थियो ।




Hot News

 

SEARCH

Newsletter

Top