चुलाघर खरिद सहयोगार्थ सुम्निमा साँझ–१ सम्पन्न

Wednesday, 09.30.2015, 11:18am (GMT6.5)

टोपबहादुर याक्खा
       २८ सेप्टेम्बर, हङकङ– युनलङ थिएटरमा सुम्निमा साँझ–१ भव्यताका साथ सम्पन्न भयो । किरात राई यायोक्खा हङकङद्धारा खरिदको क्रममा रहेको सामुहिक चुलाघरलाई आर्थिक सहयोग गर्ने उदेश्यले किरात राई चाम्लिङ यलुङछा परिवारद्धारा आयोजित उक्त साँझमा नेपालबाट आएका ख्याति प्राप्त कलाकारहरु सविन राई, विल्सन विक्रम राई (तक्मे बुढा),  विनोद खम्बु, देवेस राई र पार्वती राईका साथै स्थानिय कलाकार सोना लावतीले समेत आफ्नो दमदार प्रस्तुती दिएकी थिइन । 

       राष्ट्रिय धुनसंगै किरात राई चाम्लिङ यलुङछाका अध्यक्ष विमल राई र ज्येष्ठ नागरिक वसन्त बहादुर राईद्धारा एकसाथ पटेका पडकाएर उदघाटन गरिएको कार्यक्रमको शुरुवातमै स्थानिय किरात राईहरुद्धारा साकेला नाच प्रदर्शन गरिएको थियो । जय चाम्लिङ राईद्धारा संचालन गरिएको छोटो औपचारिक कार्यक्रम लगत्तै कलाकारहरुलाई सुम्पिएको स्टेजमा विल्सन विक्रम राईको रोचक, घोचक अनि मनोरञ्जनात्मक उदघोषणसंगै किरात राईहरुको पहिरनमा सजिएका गायक, गायीका विनोद राई र पार्वती राईद्धारा “मटृीको कसम...” बोलको किराती गीत तथा “झझल्को आईरन्छ...” बोलको चर्चित लोक गीत पस्किएका थिए ।
        गायक विनोदले पप र लोक गरी आफ्ना आधा दर्जन गीतहरु पस्किएर दर्शहरुलाई भरपूर मनोरञ्जन दिए भने पप गीतहरु मात्रै गाउँन सक्छन् भन्नेहरुलाई नेपाली तारा सिजन ३ का फष्ट रनरअप देवेश राईले बच्चु कैलासको “मैले त हैन मेरो आँखाहरुले...”, अरुणा लामाको “ए कान्छा मलाई सुनको तारा खसाई देउन...” जस्ता १–२ पुस्ता अगाडीका चर्चित गीतहरु शुरुमै गाएर सबैलाई गलत सावित गरिदिए । यो लगायत देवेशले सविन राई र आफ्नै गीतहरु समेत गाएर सबै दर्शकहरुको मन जीत सफल भए ।
त्यस्तै गरी कुनैताकाको अतिनै चर्चित गीत “खोटाङ हलेसी...” लगायत आधा दर्जन गीतहरु गाएर गायीका पार्वती राईले सबैको वाहवाही पाइन भने ब्रान एडम्सको उपनाम समेत पाएका लोकप्रिय पप गायक सविन राईले “गुराँसको फेदमुनी...” लगायत आफ्ना आधा दर्जन चर्चित गीतहरु गाएर दर्शहरुलाई नचाए । त्यस्तै गरी शुरुमा एकल तथा मध्यान्तर तिर विल्सन विक्रम राईको साथमा सुन्दर नृत्य प्रस्तुत गरेकी स्थानिय चर्चित नृत्यकार सोना लावती सबैको प्रशंसाको पात्र बनिन् ।
      केहि वर्ष यता सामूहिक चुलाघर खदिका लागि जुटिरहेका किरात राईहरु हाल आएर घर खरिदको क्रममा रहेका र उक्त घर खरिदका लागि हङकङबासी समस्त किरात राई लगायत अन्य ईच्छुक नेपालीहरुले समेत सहयोग प्रदान गरिरहेको अवस्थामा नेपालबाट आएका पाँचै जना कलाकारहरु सविन राई, विल्सन विक्रम राई, विनोद खम्बु, देवेस राई र पार्वती राईले समेत रु. २५ हजारका दरले चेक हस्तान्तरण गर्दै उक्त महान कार्यमा सहयोग गरेका थिए । 





© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.