Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > News

धराने समाजद्धारा भूकम्प पीडितहरुलाई राहत वितरण बारे जानकारी

Wednesday, 09.30.2015, 10:39am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
      २७ सेप्टेम्बर, हङकङ– संयुक्त धराने समाज हङकङद्धारा जोर्डन स्थित कङगन रेष्टुरेण्टमा भूकम्प पीडितहरुको सहयोगार्थ राहत संकलन तथा वितरणबारे आर्थिक जानकारी सहितको समापन कार्यक्रम सम्पन्न गर्यो । 

        धरान ८ समाज हङकङका अध्यक्ष विष्णु पाख्रिनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि बृटिश भू.पू. गोर्खा सैनिक संघ हङकङका अध्यक्ष हेम प्रताप गुरुङ रहेका थिए भने विशेष अतिथिहरुमा एन.आर.एन. हङकङका अध्यक्ष ललित सुब्बा, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, निवर्तमान अध्यक्ष प्रदिप थापा, हिमाल खबर पत्रिकाका समाचार संयोजक डम्बर कृष्ण श्रेष्ठ, धरान १७ समाजका अध्यक्ष मधु कुमार राई, चौकिबारी समाजका अध्यक्ष जितबहादुर राई, धरान फूटबल क्लबका अध्यक्ष पुष्प राइ, धरान हङकङ मञ्चका प्रतिनिधी कुमार गुरुङ आदि रहेका थिए ।
      वैशाख १२ मा नेपालमा गएको आम विनाशकारी भूकम्प पीडितहरुका लागि राहत संकलन तथा वितरण कार्यमा धरानका ५ वटा संस्थाहरु (धरान १७ समाज हङकङ, धरान ८ समाज हङकङ, धरान चौकिबारी समाज हङकङ, धरान फूटबल समाज हङकङ र धरान हङकङ मञ्च) जुटेर हङकङ डलर १,५१,०४५ (१९ लाख ९३ हजार ७ सय ९४ रुपैया) संकलन गर्न सफल भएको बताउँदै उक्त रकमबाट भूकम्प गएको दोस्रो दिनदेखि नै संस्थाका प्रतिनिधीहरु स्वयम सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, काभ्रे, नुवाकोट, भोजपुर र ताप्लेजुङका विभिन्न क्षतिग्रस्त क्षेत्रमा गरी ८ चरणमा राहत वितरण गरिएको बारे धरान १७ समाजका कोषाध्यक्ष राजु राईले विस्तृत रुपमा राहत संकलन तथा वितरण बारेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
      सोहि क्रममा धरान १६ मा रहेको सुस्त मनस्थिति कल्याण कोषलाई गत महिना मात्रै धरान १७ र ८ समाजद्धारा संयुक्त रुपमा रु. १ लाख ५० हजार नगद सहयोग साथै धरानका विभिन्न क्लबहरुलाई फूटबल, बास्केटबल, जर्सिहरु प्रदान गरिएको बारे धरान १७ समाजका सचिव विनोद राईले जानकारी दिएका थिए । 

         राहत संकलन तथा वितरण कार्यमा विशेष सहयोग एवं भूमिका निर्वाह गर्ने विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको उक्त कार्यक्रममा भोजपुर समाज हङकङका अध्यक्ष खडग राई, ताप्लेजुङ समाज हङकङका प्रतिनिधी लोकराज आङबुहाङ, हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष प्रदिप थापा लगायतले आफ्नो मन्तव्य राख्ने क्रममा धराने संघसस्थाहरुको राहत संकलन तथा वितरण कार्यको खुलेर प्रशंसा गरेका थिए भने कार्यक्रमका सभापति विष्णु पाख्रिनले भूकम्प पीडितहरुको नाममा धेरै संघसंस्थाहरुले राहत संकलन तथा वितरण गरेको भएता पनि आर्थिक हरहिसाब कसैले बाहिर नल्याएको अवस्थामा धरानेहरु झै सबै संघ संस्थाहरुको आर्थिक पाटो पारदर्शी होस भनेर पनि उक्त जानकारी तथा समापन कार्यक्रम राखिएको बताए । 
        
धरान १७ समाजका अध्यक्ष मधु कुमार राईको श्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रमलाई धरान ८ समाजका सचिव धर्मराज थापा मगरले संचालन गरेका थिए ।





Hot News

 

SEARCH

Newsletter

Top