Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > News

४१ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न

Wednesday, 09.30.2015, 10:30am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
      २७ सेप्टेम्बर, हङकङ– नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनकालागि विगत ४ वर्ष यता प्रत्येक महिनाको अन्तिम आइतबार साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा तथा सामुहिक रुपमा पुस्तक प्रकाशन समेत गर्दै आइरहेको हङकङ साहित्यिक साझा  श्रृंखलाको ४१ औं श्रृंखला जोर्डन स्थित हङकङ नेपाली महासंघको कार्यालयमा सम्पन्न भयो ।
श्रृंखलाका संयोजक बज्र कुमार राईको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा राज कुमार राई, टंक सम्बाहाम्फे, आमोद राई, दाजु गुरुङ, लालबहादुर गुरुङ, सुनिता राना गिरी, पूर्णिमा शाह, चन्द्र मादेन, टोपबहादुर याक्खा लगायतका कवि, साहित्यकार, शिक्षक तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

       साहित्यसंग सम्बन्धित विविध छलफल साथै निकट भविश्यमै नेपाली शिक्षकद्धय आमोद राई र देवराज राईसंगको सहकार्य एवं वहाँहरुकै संयोजकत्वमा नेपाली विद्यार्थी, शिक्षक, अविभावक, साहित्यकार तथा समाजसेवीहरुलाई उपस्थित गराई साहित्य श्रृंखलाको आयोजनामा नेपाली भाषा तथा साहित्य बारे विशेष अन्तक्र्रिया तथा सभा गोष्ठीहरु संचालन गरिने निर्णय गर्यो । सोही क्रममा श्रृंखलाका संयोजक बज्र कुमार राईले गत ४० औं श्रृंखलामा सम्पन्न “महाभूकम्प विशेष सःशुल्क कवितावाचन कार्यक्रम –२०१५” मा वाचित कविताहरुको संग्रह प्रकाशनको क्रममा रहेको र ४२ औं श्रृंखलामा विमोचन गरिने समेत जानकारी दिए ।
       कार्यक्रमको अन्त्यमा टंक सम्बाहाम्फे, लालबहादुर गुरुङ, सुनिता राना गिरी, पूर्णिमा शाह, दाजु गुरुङ, चन्द्र मादेन र बज्र कुमार राईले आ–आफ्ना नयाँ  सृजनाहरु वाचन गरेका थिए भने राज कुमार राईले छोटो मिठो समीक्षा राखेका थिए ।




Hot News

 

SEARCH

Newsletter

Top