Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > News

‘सुम्निमा साँझ-१’ को सम्पूर्ण तयारी पूरा

Thursday, 09.24.2015, 10:27pm (GMT+6.5)    | Comment | Print | Tell friend

प्रतिनिधि बगैंचा डटकम

किरात राई चाम्लिङ यलुङ्छा परिवार हङकङले अगामी २८ सेप्टेम्बर, साँझ ७:३० बजे युनलोङ थेटर अडोटेरियम हलमा सम्पन्न हुन गईरहेको सांगितिक कार्यक्रम सुम्निमा साँझ-१ सम्पूर्ण तयारी पूरा भएको कुरा कार्यक्रम संयोजक रजिन राईले बगैंचा डटकमलाई जानकारी दिनु भएको छ । हाल सम्म प्राप्त बिबरण अनुसार सबै टिकटहरू बिक्रि भैसकेको बताउनु हुँदै कार्यरक्रम सभ्य र भब्य रूप सम्पन्न हुने कुरामा आफू बिश्वस्त रहेको बताउदै कलाकारहहरू २६ तारिक हङकङ आईपुग्ने जानकारी दिनु भयो । सुम्निमा साँझ-१ मा कलाकारहरू- पप गायक सबिन राई, लोकप्रिय हास्यकलार तथा अधिनायक विल्सन बिक्रम राई (तक्मे बुढा), युवा गायाक तथा संगितकार बिनोद खम्बू, गायिका पार्वती राई र नव गायाक देबेश राई रहेका छन । कलाकारहरू सय पटक नयाँ ढाचा र नौलो प्रस्तुतिमा देखा पर्ने आयोजकहरूले बताएका छन ।

पुर्खाको विरासत हाम्रो मुन्धुम, भाषा, संस्कार महान,

तीन चुला नै हाम्रो मान, शान र आदिम पहिचान ।'’

यहि गौरवमय नारालाई अङ्गिकार गरेर यलोङछा परिवार हङकङद्वारा आयोजना गरिएको यो कार्यक्रमको मूल उद्देश्य हङकङमा राईहरूको चुला घर खरिदको लागि आर्थिक टेवा पुर्याउनु रहेको छ । जसमा कार्यक्रमबाट संकलित रकममा कुल खर्च कटाएर बाँकी रहेको नाफा रकमको ७५ प्रतिशत नगद चुलाघर खरिदको लागि हस्थान्तरण गरिने छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top