Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > News

मिस्टर हङकङ नेपाल तथा मिस फिटनेसको उपाधी विकाश र सेलिनालाई

Wednesday, 09.23.2015, 12:18am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
      २० सेप्टेम्बर, हङकङ– हङकङ नेपाल बडीविल्डिङ एशोसिएसनद्धारा याउ मा तेई कम्यूनिटी हलमा आयोजित बाह्रौ मिस्टर हङकङ नेपाल–२०१५ र प्रथम मिस फिटनेस हङकङ नेपाल–२०१५ को उपाधी क्रमशः विकाश थापा तथा सेलिना गुरुङले हाता पारे । अन्य ९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै विकाशले उक्त उपाधी जितेका थिए भने सेलिनाले ७ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम मिस फिटनेश हङकङ नेपालको उपाधी हाता पारेकी थिईन । 

      विविध समूहमा प्रतिस्र्धा गराइएको उक्त प्रतियोगितामा नोभाइस समुह तर्फ वेष्ट पोज सहित सनम गुरुङले प्रथम उपाधी हाता पार्न सफल भए भने चन्द्र कुमार सुनुवार फष्ट रनरअप तथा रित विक्रम मल्ल सेकेण्ड रनरअप भएका थिए । त्यस्तै गरी फिटनेश समूह तर्फ वेष्ट पोज सहित सुर्जन गुरुङले प्रथम उपाधी हाता पारे भने रित विक्रम मल्ल फष्ट रनरअप तथा अजित गुरुङ सेकेण्ड रनरअप भएका थिए । ओभरअल समूहमा वेष्ट पोज सहित विकाश थापाले प्रथम उपाधी हाता पारे भने विजय घोताने गुरुङ तथा सन्जिव राई क्रमश फष्ट रनरअप र सकेण्ड रनरअप घोषित भएका थिए ।
       अन्त्यमा नोभाइस र ओभरअल समुहका ६ जना विजेताहरुलाई प्रतिस्पर्धा गराइएको फाइनल राउण्डमा वेष्ट पोज सहित विकाश थापाले प्रथम भएर मिस्टर हङकङ नेपाल २०१५ को उपाधी हाता पारे भने विजय घोताने गुरुङ फष्ट रनरअप तथा संजिव राई सेकेण्ड रनरअपको उपाधी हासिल गर्न सफल भए । त्यस्तै गरी पुरुष तर्फ भोटिङ मार्फत पब्लिक च्वाइसको उपाधी समेत फष्ट रनरअप विजय घोताने गुरुङले हाता पारेका थिए ।  
      
महिला तर्फ अन्य ७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै सेलिना गुरुङ प्रथम भएर प्रथम मिस फिटनेस हङकङ नेपाल–२०१५ को उपाधी हाता पार्न सफल भइन भने सुमिरा गुरुङ तथा रेविका राई क्रमशः फष्ट रनरअप र सेकेण्ड रनरअप भएका थिए । वेष्ट पर्फमेन्सको उपाधी रोशनी श्रेष्ठले हाता पारिन भने भोटिङ मार्फत पब्लिक च्वाइसको उपाधी पविता गुरुङ लामाले हाता पारिन ।
देवराज राई र टिका राना मगरद्धारा संचालन गरिएको उक्त कार्यक्रममा विजयी खेलाडीहरुलाई संस्थाका अध्यक्ष लोकराज आङबुहाङ लिम्बु, सल्लाहकार मधुकुमार चाम्लिङ राई, तिलक सोमै मगर, आदिवासी जनजाती महासंघका अध्यक्ष एम.बि. थापामगर लगायतका व्यक्तित्वहरुद्धारा नगद पुरस्कार, मेडल, ट्रफी तथा प्रमाणपत्रहरु प्रदान गरिएको थियो । 
      
विगतमा झै प्रतिस्पर्धी खेलाडीहरुको मनोबल उच्च पार्न तथा रिजल्टलाई विवादमुक्त राख्न प्रमुख जजका रुपमा हङकङ बडीबिल्डिङ एण्ड स्पोर्ट फेडेरशनका सेक्रेटरी वङ हिउ शान रेक्स, लुङ सिउ मान एण्डी र पाङ चिउन वाह रहेको एशोसिएसनका अध्यक्ष लोकराज आङबुहाङ लिम्बुले बताए । त्यस्तै गरी सहायक जजका रुपमा एशोसिएसनका तर्फबाट मधु कुमार चाम्लिङ राई, रोशन लिम्बु र भिस गुरुङ रहेका थिए । 
 
      हङकङ नेपाल बडीबिल्डिङ एशोसिएसनका अध्यक्ष लोकराज आङबुहाङ लिम्बुको सभापतित्वमा सम्पन्न छोटो औपचारिक कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ रहेकी थिइन भने एन.आर.एन. हङकङका अध्यक्ष ललित सुब्बा, आदिवासी जनजाती महासंघका अध्यक्ष एम.बि. थापामगर लगायत एशोसिएसनका सल्लाहकारहरु एवं विविध संघसंस्थाका प्रतिनिधीहरु विशेष अतिथिका रुपमा रहेका थिए । एशोसिएसनका अध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथिहरुद्धारा एकसाथ बेलुन फुटाएर उद्घाटन गरिएको औपचारिक कार्यक्रमलाई एशोसिएसनका सचिव हिरा खड्का मगरले संचालन गरेका थिए ।






Hot News

 

SEARCH

Newsletter

Top