Hot News
नेपाली जुडोका स्टार खेलाडीहरु एशियन च्याम्पियनसिपका लागि हङकङ आईपुगे, ; राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाउने निर्णय ; नेपाल भलिबल संघले ‘भलिबल’ लाई राष्ट्रिय खेल बनाउने ; ३ महानगर र एक उपमहानगरमा यस्तो छ पछिल्लो अवस्था ; ललितपुर महानगर मेयरमा कांग्रेस विजयी
Home > News > News

"तमु समाज हङकङ" स्थापना सँगै हङकङेली गुरुङहरुले मनाए खुशीयाली

Tuesday, 09.15.2015, 10:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

मुककाजी गुरुङ, हङकङ

१३ सेप्टेम्बर २०१५ का दिन जोर्डनस्थित नमो: बुद्ध क्लब हाउसमा तमु समाज हङकङको प्रथम भेटघाट तथा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमबाट गत ३० अगस्त २०१५ का दिन गठन गरिएको तमु समाज हङकङ तदर्थ समितिलाई बिघटन गरेर कोमल गुरुङ स्याङ्जाली कान्छाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ

कार्यक्रममा अध्यक्ष कोमल गुरुङ स्याङ्जाली कान्छालाई अध्यक्षताको रुपमा मञ्चमा आसिन गराएका थिए भने हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरका धर्म गुरु खेन्पो ङ्वाङ थोग्क्षोक बिशिष्ट आतिथ्यको रुपमा आसिन थिए र कार्यक्रमको शुरुवातमा तमु समाज हङकङ स्थापनाको बारेमा कार्यक्रम संचालक बिशन गुरूङले उपस्थित तमु महानुभावहरुलाई जानकारी गराएका थिए। यसैक्रममा तमु समाज हङकङ स्थापनाको बारेमा उपस्थित तमु बुद्धिजीवी महानुभावहरुलाई आ-आफ्नो भनाईहरु प्रस्तुत गर्ने सु-अवसर दिईएको थियो। मन्तब्य ब्यक्त गर्नेमा मर्दीखोला सेवा समिति हङकङका अध्यक्ष रक्षा गुरूङ, तमु ट्हो ह्युल हङकङका पूर्व सचिव मिन गुरूङ, तमु राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष बिष्णु गुरूङ लगायत तमु ट्हो ह्युल हङकङका निवर्तमान सल्लाहकार डम्बर गुरूङले आ-आफ्नो भनाईहरु ब्यक्त गरेका थिए। वक्ताहरुले तमु समाज हङकङलाई हर कदममा साथ दिने बचन बद्धता जाहेर गरे भने समाजको बिधान लेखनमा समेत सहयोग गर्ने बताए।

मन्तव्यको क्रममा, मर्दीखोला सेवा समितिका अध्यक्ष रक्षा गुरूङले तमुहरु विश्वको जुनसुकै ठाउँमा रहेता पनि एकता हुनु पर्ने राय ब्यक्त गरे भने हङकङमा रहेका तमुहरु जुन सा-साना कुराहरुमा अल्झिरेका छन, बिवाधित भईरहेका छन। अब यो तमु समाजले यी कुराहरुलाई मिलाएर अगाडि बढ्नेछ भन्ने शुभकामना ब्यक्त गरे।

मन्तब्यकै क्रममा तमु राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष बिष्णु गुरूङले हङकङमा तमु समाजको आवश्यकता खट्किरहेको  अवस्थामा तमु समाजको स्थापना भएकोमा खुशी ब्यक्त गरे भने गत ८ सेप्टेम्बर २०१५ का दिन तमु ट्हो ह्युल हङकङद्वारा आयोजित प्रेष विज्ञप्ति मार्फत तमु ट्हो ह्युल हङकङको आठौँ अधिवेशन घोषणा पश्चात छदम गुरुङहरुले सम्मानित अध्यक्ष मण्डल लगायत निवर्तमान कार्यसमिति र निर्वाचित कार्यसमितिलाई विभिन्न आरोप, प्रत्यारोप लगाउँदै सामाजिक संजालहरुमा भ्रामक लान्छाना लगाउँदै हङकङबासी तमुहरुको मुटुको ढुकढुकी तमु ट्हो ह्युल हङकङ माथि नै धावा बोल्ने काम भईरहेको भन्ने जुन झुठो आरोपप्रति आपात्ति जनाए। जबकि तमु ट्हो ह्युल हङकङ, हङकङबासी तमुहरुको मुटुको ढुकढुकी भन्ने र सम्मानित अध्यक्ष मण्डलले प्रेष विज्ञप्ति मार्फत गुरुङहरुलाई नै "छदम" गुरुङहरु भनेर नकारात्मक सम्बोधन गर्ने ? के हङकङबासी गुरुङहरुले (छदम)को अर्थ बुझ्न नसकेका हुन कि ? यस अर्थलाई तमु समाज हङकङ मात्र नभएर हङकङबासी गुरुङहरु घोर बिरोध गर्न सक्ने बताए। यसै प्रशंगमा कार्यक्रममा उपस्थित तमु ट्हो ह्युल हङकङका निवर्तमान सल्लाहकार डम्बर गुरुङलाई यसको बारेमा प्रश्न ठडाएका थिए।

मन्तब्यकै क्रममा तमु ट्हो ह्युल हङकङका निवर्तमान सल्लाहकार डम्बर गुरुङले हालसम्मको तमाम गुरुगहरुले समर्थन गरेको संगठन तमु ह्युल छोंजधी भएको र उक्त संगठनको बिधानमा गुरुङहरुको कुल धर्म बोन धर्म हो भने पहिचान धर्म बुद्ध धर्म भएको स्पष्ट रुपमा लेखिएको र सारा गुरुङहरुलाई समेटिएको बताए र भोलिको दिनमा पनि तमु समाज हङकङले यी दुबै धर्मलाई समेटेर लैजानु पर्ने आवश्यकता रहेको भन्दै तमु समाज स्थापना भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरे। बोल्ने क्रममा पूर्व बक्ता तमु राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष बिष्णु गुरुङको भनाईलाई उद्धृत गर्दै आफु तमु ट्हो ह्युलमा नाम मात्रैको सल्लाहकार भएको बताए। यसैगरी गत ३० अगस्त २०१५ का दिन तमु ट्हो ह्युल हङकङको आठौं अधिवेशनमा कोमल गुरुङको उम्मेदवारीलाई बदर भन्दा पनि छानबिन समिति बनाई निर्णय गरिनु पर्ने भनाई ब्यक्त गरे।

 

अन्तमा, अध्यक्ष कोमल गुरूङले पनि आफ्नो भनाईहरु ब्यक्त गरेका थिए। बोल्ने क्रममा कोमल गुरूङले मुटु माथि ढुंगा राखी हांस्नु परिरहेको अवस्था भईरहेको भन्दै दुखेसो पोखे। गत ३० अगस्त २०१५ का दिन म एउटा गुरुङको छोरालाई गैर गुरुङ भन्दै तमु ट्हो ह्युल हङकङको आठौं अधिवेशनबाट अयोग्य ठहर गरि उम्मेदवारी बदर गर्नु कहाँसम्मको उचित होला ? जबकि कोमल गुरुङ स्याङ्जाली कान्छा तमु ट्हो ह्युल हङकङको बिधान अनुसार सन २००७ मा आजीवन सदस्यता लिएर २००९ मा ईच्छा कुमारी गुरुङको कार्यकालमा उपाध्यक्ष, क्रमैसँग निवर्तमान सल्लाहकार भईसकेको व्यक्तिलाई गुरुङ नै होईन भनेर अध्यक्ष पदको उम्मेदवारीबाट बदर गरिएको थियो। यसै क्रममा गुरूङले हो हिजोको दिनमा आफु थापा भएर हङकङ आएको र वर्तमान परिवेशमा आफ्नो परिचय पत्र (आईडी) मा गुरुङ नै परिवर्तन गरिसकेको भन्दै उपस्थित जनमानसलाई आफ्नो परिचय पत्र (आईडी) देखाएका थिए। स्मरण रहोस सन ९० को दशक यता हङकङ आईडीमा आउनेहरु लगभग ३०,४० प्रतिशत एक अर्काको आईडीमा आएको हुंदा गुरुङ पनि मगर भएर आएका छन भने मगर गुरुङ, यसैगरी राई लिम्बु कोहि गुरुङ, कोही गुरुङ राई लिम्बु भएर आएको प्रशस्तै भेटिन्छन। त्यसै मध्येमा कोमल गुरुङ स्याङ्जाली कान्छा गुरुङ भएर पनि गैर गुरुङ भन्दै अध्यक्ष पदको उम्मेदवारीबाट अयोग्य ठहरिएका थिए र गुरुङले अहिले सम्म तमु ट्हो ह्युल हङकङलाई सकेको आर्थिक, नैतीक र भौतिक सहयोग गर्दै आएकोमा ३० अगस्त २०१५ लाई कालो रातको संज्ञा दिंदै १३ सेप्टेबर २०१५ देखी सम्पूर्ण गुरुङहरुलाई एकताको शुत्रमा उनेर लैजाने उदेश्यले तमु समाजको स्थापना गरेको बताए।

कार्यक्रमको दोस्रो चरणमा तमु समाज हङकङको उद्घाटन शत्रलाई हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरका धर्म गुरु खेन्पो ङ्वाङ थोग्क्षोकले दीप प्रज्ज्वलन गरी उद्धघाटन गरेका थिए। कार्यक्रम उद्घाटन लगतै तमु समाज हङकङ तदर्थ समितिलाई बिघटन गर्दै औपचारिक रुपमा कोमल गुरुङ स्याङ्जाली कान्छाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको थियो भने नवनिर्वाचित कार्यसमितिलाई उपस्थित तमु महानुभावहरुले खादा लगाई सम्मान गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। क्रमिक रुपमा ३० अगस्त २०१५ कसैको लागि कालो रात भयो भने कसैको लागि तमु समाज हङकङलाई केही गर्नु पर्छ भन्ने सोँचका साथ नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले दिल खोलेर आर्थिक सहयोग गरे।

१३ सेप्टेम्बर २०१५ का दिन निर्वाचित तमु समाज हङकङको नयाँ कार्यसमितिको नामावली यस प्रकार रहेको छ-

जस अनुसार अध्यक्ष- कोमल गुरुङ (स्याङ्जाली कान्छा), प्रथम उपाध्यक्ष - मन प्रसाद गुरुङ, सचिव- बिशन गुरुङ, कोषाध्यक्ष - बिकास गुरुङ, प्रवक्ता - नारायण गुरुङ, मिडिया प्रवक्ता - मुक काजी (काजी) गुरुङ र सदस्यहरू- कल जित गुरुङ, अमृत गुरुङ, सदस्य - सन्तोष गुरुङ- सदस्य - रमेश गुरुङ, नरेश गुरुङ, दुत गुरुङ, भिम गुरुङ, गंगा गुरुङ, किसन गुरुङ, पुष्प राज गुरुङ, रक्षा गुरुङ, राम गुरुङ र पदम गुरुङ रहेका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा- काशी गुरुङ, बहादुर गुरुङ, अर्जुन गुरुङ, गोपाल गुरुङ, किरण गुरुङ, भान बिर गुरुङ, नरेन्द्र गुरुङ, मोहन (टिला) गुरुङ रहेका छन् ।

उक्त (१३ सेप्टेम्बर २०१५) का दिन आर्थिक सहयोग गर्ने पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको नामावली यस प्रकार छन्-

, सल्लाहकार, काशी गुरुङ, हङकङ डलर- ५०,०००

, सदस्य, रमेश गुरुङ, हङकङ डलर- २५,०००

, कोषाध्यक्ष, बिकाश गुरुङ, हङकङ डलर- २५,०००

, अध्यक्ष, कोमल गुरुङ, हङकङ डलर- २०,०००

, सल्लाहकार, याम बहादुर गुरुङ, हङकङ डलर- १५,०००

, सदस्य, नरेश गुरुङ, हङकङ डलर- १५,०००

, उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टर, यनलुङ, हङकङ डलर- १०,००१

, सल्लाहकार, अर्जुन गुरुङ, हङकङ डलर- १०,०००

, सल्लाहकार, नरेन्द्र गुरुङ, हङकङ डलर- १०,०००

१०, सदस्य, दुत बहादुर गुरुङ, हङकङ डलर- १०,०००

११, सदस्य, अमृत गुरुङ, हङकङ डलर- ५,०००

१२, सदस्य, कलजित गुरुङ, हङकङ डलर- ५,०००

यसैगरी तमु समाज हङकङ स्थापना भई सके पश्चात केही गुरुङ तथा गैर गुरुङ शुभचिन्तकहरुले पनि तमु समाज हङकङलाई ठूलै आर्थिक सहयोग गरेका छन। जुन सहयोग दाताहरुको नामावली यस प्रकार रहेको छ-

, श्याम गुरुङ्ग, हङकङ डलर- १०,०००

, हेम चन्द्र क्षेत्री, हङकङ डलर- १०,०००

हालसम्म कुल रकम हङकङ डलर (२,२०,००१) दुई लाख बीस हजार एक डलर तमु समाज हङकङलाई प्राप्त भएको छ।




Hot News

 

SEARCH

Newsletter

Top