रामेछापको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

Saturday, 09.19.2015, 09:25pm (GMT6.5)

१९ सेप्टेम्बर २०१५
हिजो साँझ रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ७ गैराथोक स्थित बस दर्ुघटनामा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ, भने घाइतेको संख्या ५० नाघेको छ ।

सो दुर्घटनामा परि मृत्यु हुनेहरुमा मन्थली न.पा. वडा नं. ७ की डिलमाया मगर, मनुकुमारी पिछाकोटी, गोठगाउँ गाबिस वडा नंं.- ३ की मसिनी कार्की , वडा नं. ४ का हेमबहादुर थापा, सोही वडाका जीतजंग महत वडा नं. ५ का भीमबहादुर बुढाथोकी वडा नं. ७ का सेनुमाया श्रेष्ठ र कृष्णबहादुर कार्की रहेकोे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक मख्खन प्रसाद यादवले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परि घाइते भएका मध्ये २० जना भन्दा बढीको अवस्था गम्भीर रहेको छ । यात्रुहरु लिएर मन्थलीबाट गोठगाउँ गाविसको गोठपानी जादै गरेको ना ४ ख ५२४८ नम्बरको यात्रु बाहक बस सडकबाट करिब १ सय ५० मिटर तल पाखोमा खसेको थियो । बस दुर्घटना भएको जानकारी पाउँनासाथ प्रहरी चौकी सालु र स्थानीय गाउँलेहरु मिलेर घाइतेहरुको उद्धार गरेका थिए । कच्ची सडकमा क्षमता भन्दा दोब्बर यात्रु र भूकम्प पीडितहरुले अस्थायी टहरा निर्माणका लागि जस्ता पातालगायतका सामाग्रीहरु समेत सोही बसको छतमा राखेर लगिएको थियो ।

तीब्र गतिका कारण बस दुर्घटना भएको घाइते यात्रुहरुले बताएका छन् । सदरमुकामबाट करिब २४ किलोमिटर उत्तरमा पर्ने गैराथोकमा सो दुर्घटना भएपछि घटना स्थलबाट घाइतेहरुको उद्धार गरि सदरमुकामका अस्पतालहरुसम्म ल्याएका थिए ।

 घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा  र मन्थली पोलिक्लिनिकमा उपचार भइरहेको छ ।  प्राथमिक उपचारपछि गम्भीर घाइतेहरुको थप उपचारको लागि रातिनै काठमाडौं पठाइएको उपचारमा संम्लग्न चिकित्सकहरुले बताएका छन् ।

अमृत सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.