Hot News
दोस्रो चरणको निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न, ७०. ५ प्रतिशत मतदान: आयोग ; मतदान केन्द्रनजिकै बम विष्फोट मतदान पुनः चालू ; मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित ; मतदानमा दुर्इ जनाको निधन ; झरिबिच दोस्रो चरणको स्थानीय तहको निर्वाचन सुरू
Home > News > News

तीजका अवसरमा तीन स्रष्टा नारी सम्मानित, लिर्स्नर्स क्लव नेपालले तिज बिशेष कार्यक्रम सम्पन्न

Wednesday, 09.16.2015, 06:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

        लिस्नर्स क्लव नेपालले हरितालिका तीज विशेष कार्यक्रम तथा स्रष्टा सम्मान समारोह आयोजना सफलतापूर्वक सम्पन्न गरेको छ ।  

संस्थाका अध्यक्ष ओम प्रकाश सुवेदीको सभापतित्व तथा प्रा.डा. वीणा पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिनु भएकी तुलसी सापकोटा, नेपाली साँङ्गितिक आकाशमा चर्चित गायिका सविना कार्की, नेपाली साहित्यमा विगत लामो समय देखि कलम चलाउदै आउनु भएकी बरिष्ठ साहित्यकार मोमिला जोशीलाई सम्मान गरेको छ ।

सो समारोहमा बरिष्ठ नियात्राकार/निवन्धकार युवाराज नयाँघरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, प्रा. डा. वीणा पौड्याल, अध्यक्ष सुवेदीले शुभकामना मन्तब्य दिनु भएको थियो ।

क्लवमा महासचिव हरिराम पौडेलले स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बरिष्ठ साहित्यकार एवं सम्मानित हुनुभएका स्रष्टाहरुको तर्फाट मोमिला जोशीले आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रम संचारकर्मी कृष्णा पौडेलले सञ्चालन गर्नुभएको थियो ।

क्लबले तीजका अवसरमा सबै दिदी बहिनीहरुलाई नाचगान सहित दरको खुवाएको थियो । 

शब्दमा शक्ति हुन्छ, आवाजले परिवर्तन ल्याउँछ' भन्ने मुल नाराका साथ २०६२ सालमा लिर्स्नर्स क्लब नेपाल स्थापना भएको हो ।




Hot News

 

SEARCH

Newsletter

Top