Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > News

क्युइँतबु कल्याण कोषको दशौं वार्षिक साधारण सभा सम्पन्न

Saturday, 09.12.2015, 10:50pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ भदाै, काठमाडाैं  | क्युइँतबु कल्याण कोषको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भदौ २६ गते कोइँचनगर कोटेश्वर स्थित सुनुवार सेवा समाजको भवनमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व कल्याण कोषकै अध्यक्ष प्रकाश सुनुवारले गर्नु भएको थियो । सयौंको संख्यामा उपस्थिति रहेको उक्त कर्यक्रमलाई कोषकै महासचिव सुदिप सुनुवार र सुस्मीता सुनुवारले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि सु.से.स.का का.वा. अध्यक्ष रणवीर सुनुवार रहनु भएको थियो भने अतिथिहरुमा दाल कुमारी सुनुवार (संस्थापक, दालमान अक्षय कोष समिति तथा पूर्व सभासद), लोकप्रिय सुनुवार (सल्लाहकार, सिर्जना प्रतिष्ठान), टीकाराम मुलिचा (अध्यक्ष, कुलदीप सुनुवार स्मृति कोष समिति), शिव मुखिया (गायक तथा अध्यक्ष, सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज), अमृत सुनुवार (अध्यक्ष, आदिवासी जनजाति चलचित्र महासंघ), गोपाल सुनुवार (अध्यक्ष, सुनुवार सेवा समाज, काडमाडौ), चन्द्रप्रकाश सुनुवार (अध्यक्ष, सुनुवार सेवा समाज, ललितपुर), मानवीर सुनुवार (का.वा. अध्यक्ष, सुनुवार विद्यार्थी समाज), अजय बस्नेत (संयोजक, स्वास्थ्य तथा विकास समाज, ललितपुर) र थरिकुटीहरुमा हरिबहादुर सुनुवार, किशोर सुनुवार (अध्यक्ष, ललितपुर हृयाडबल संघ) र नविन सुनुवार रहनु भएका थिए ।  
 
कार्यक्रममा क्युर्इतिचाहरु मध्येबाट जेष्ठ नागरिक द्वय दुर्गा देवी सुनुवार (रगनी-४, ओखलढुंगा) तथा कृष्ण माया सुनुवार (रगनी-३, ओखलढुंगा)लाई प्रमुख अतिथि र सभापतिद्वारा प्रमाण पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिनुका साथै वर्षकाे सर्वोउत्कृष्ठ नतिजा ९१.५७ प्रतिशत लिएर एस.एल.सी. परिक्षा उत्तिर्ण हुनुभएका सुनुवार विद्यार्थी आँचल सुनुवार (पोखरा-१७, बरौटा)लाई कल्याण कोषबाट नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो । साथै शिक्षा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा प्रतिभा तथा युवा उद्यमी प्रोहत्सान पुरस्कार २०७२ पाउनु भएका उत्तम कुमार सुनुवार (कोषाध्यक्ष, सु.से.स.)लाई पनि संस्थाको तर्फबाट नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो ।   
 
शुभकामना मन्तव्य दिदै थरिकुटीका तर्फबाट हरिबहादुर सुनवारले सामुहिक बिकासको लागि व्यक्ति स्थरबाटनै प्रयास गरिनु पर्दछ र हरेक संघ संस्थाले एकताबद्ध भएर संविधान लेखन कार्यमा सुनुवार जातिको उपस्थिति जनाउनु पर्दछ भन्नु भयो । यसै गरि सिर्जना प्रतिष्ठानका सल्लाहकार लोकप्रिय सुनुवारले आफ्नै भाषामा मन्तव्य दिदै भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु पर्ने र आफ्नो भाषा र पहिचानको लागि सम्पूर्ण सुनुवारहरुले ठोस कदम चाल्नु पर्ने औल्याउनु भयो । मन्तव्यकै क्रममा पूर्व सभासद तथा दालमान अक्षय कोषका संस्थापक दाल कुमारी सुनुवारले यस कोषले धेरै उदहरणीय कार्य गर्दै आएको र कोष आफैमा एउटा उदाहरण भएकोले भविष्यमा कोषको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । यस्तै कुलदीप सुनुवार स्मृति कोषका अध्यक्ष टीकाराम मुलिचाले क्युइतबु कल्याण कोष सुनुवार संस्थाहरु मध्य उत्कृट रहेको तथा निरन्तर प्रगति गरिरहेकोले कोषलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो । शुभकामना मन्तव्यको अन्त्यमा बोल्दै सुनुवार सेवा समाजको कार्यवाहक अध्यक्ष तथा प्रमुख अतिथि रणवीर सुनुवारले पहिचानको लागि सबै सुनुवार एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो भने क्युइँतबु कल्याण कोष क्युइँतिचाहारुको मात्र नभएर सबैको साझा संस्था हो र हामीले म भन्नु भन्दा हामी भन्नेमा जोड दिनु पर्ने विचार व्यक्त गर्नुभयो ।   
 
कार्यक्रमको अन्तिम चरणमा कोषका महासचिव सुदीप सुनुवारले कोषको प्रगति प्रतिवेदन र्सार्वजनिक गर्नुभएको थियो भने कोषाध्यक्ष डबिन सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । हरेक वर्ष प्रकाशित हुने कोषको मुखपत्र "जत्नमुइँलि" र्सार्वजनिक गरिनुको साथै कार्यक्रमका सभाति एवं कोषका अध्यक्ष प्रकाश सुनुवारले क्युइँतबु कल्याण कोष तथा यसले गरको कार्यहरुको बारेमा प्रष्ट पर्दै, कोषलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण संघ संस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन तथा भावी दिनहरूमा पनि सहयाेगकाे अपेक्षा राख्दै कार्यक्र समाप्त भएको घोषण गर्नुभयो । अन्तमा कोषले हालै सञ्चालन गरेको निःशुल्क दन्त शिविरको वृत्तचित्र प्रदर्शन सँगसगै चियापन समारोहका साथ क्युइतबु कल्याण कोषको यस वर्षो साधारण सभा सम्पन्न भएको थियो ।
Quintboo Welfare Fund
Quintboo Welfare Fund
Uttam Sunuwar
Aanchal Sunuwar
Quintboo Welfare Fund


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top