Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > News

आठौं नेफ्टा अवार्डको तयारी कतारमा हुँदै

Thursday, 09.10.2015, 10:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

भानु सुनुवार प्रतिनिधि बगैंचा डटकम

अन्तर्राष्ट्रिय कलाकार मञ्च, कतारसंग सहकार्य गर्दै नेपाल प्राविधिक संघ नेफ्टाको आयोजनामा आठौं संस्करण कतारमा हुने भएको छ । यस अघि पाँचौ संस्करण सम्म नेपालमै आयोजना भइरहेको उक्त अवार्ड समारोहको छैठौं संस्करण मलेसिया र सातौ हङकङमा सफलताका साथ आयोजना भइसकेको छ । खाडी मुलुक मध्य भने यस अवार्ड कतारमा पहिलो पटक हुन लागेको हो । ईस्लाम धर्मावलम्बीहरुको आउँदै गरेको पर्व इदको पहिलो दिन कतारको ग्रान्ड मल स्थित वेष्ट इन्ड पार्कको याम्पि थियटरमा आठौं नेफ्टा अवार्ड समारोह आयोजना हुनेछ ।

३५ विधामा अवार्ड दिईने समारोहलाई भव्यताका साथ सफल बनाउन लगभग तयारी पुरा भईसकेको अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारका अध्यक्ष भविन्द्र तमाङले बताए । अवार्डमा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कला रत्न उपाधिबाट सम्मानित गरिने भएको छ । अवार्डमा नयाँ देखि पुराना कलाकारहरु गरेर ८० जना चलचित्रकर्मीहरुको सहभागिता रहनेछ । नायिका स्वेता खड्का पनि आठौ नेफ्टा फिल्म अवार्डमा विशेष प्रस्तुतीका साथ देखिने भएकी छिन् । उन्ले स्टेजमा नृत्य भने गर्ने छैनन् । तर, उनैले निर्माण र अभिनय गरेको चलचित्र कोहिनुरको के म तिम्रो होइन रबोलको गीतमा नायिका आश्मा डीसी र नायक संयम पुरीले नृत्य गर्दैछन् । गीत सकिएसँगै स्वेताको स्टेजमा विशेष प्रस्तुती रहने छ । रेशम फिलिलीका बिनय र मेनुका प्रधानले पिरतीको छाता ओढाउने छन । नायक जीवन लुइटेले नायिका वेनिशा हमालसँग मिलेर फिल्म स्टूपिड मनको तिम्रो आँखामा बोलको गीतमा नृत्य गर्नेछन् । कलाकारद्धय अकेषा बिष्ट र सौरमराज तुलाधर हवल्दार सुन्तलीको डोला डोलाबोलको गीतमा नृत्य गरिरहेका छन् । नायिका अनु शाहले नायक गौरव पहारीलाई फिल्म अझै पनिको प्रेम गीतको बोलमा साथ दिनेछिन् ।

कलाकारको तयारी देखेर कार्यक्रम संयोजक शिव पुरी पनि अवार्ड भव्य हुनेमा विश्वस्त रहेका छन् । उनले पनि यसपटकको अवार्डमा विभिन्न नयाँ शैली दर्शकले देख्न पाउने बताए । आर्यन सिग्देल, सौगात मल्ल, नम्रता श्रेष्ठ, बसुन्धरा भुषालदेखि अन्य थुप्रै कलाकार अवार्ड समारोहमा आफ्नो प्रस्तुती दिन लागिपरेका छन् । नायिका द्धय केकी अधिकारी र रिचा शर्माले यो अवार्डको कार्यक्रम सन्चालन गर्नेछन भने संचारकर्मी नरेश भटराईले पनि उनिहरुलाई साथ दिनेछन । नेफ्टा अवार्ड मा महानायक राजेश हमाल, निर शाह, करिश्मा मानन्धर, दयाहाङ राई, निखिल उप्रेती, संचिता लुइटेल, झरना थापा र अन्य धेरै नाम चलेका कलाकार सहभागि हुन कतार आउँने भएकाछन् ।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top