Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > News

चुनमुनबासीहरुले खोले नयाँ समाज "चुनमुन नेपाली परिवार हङकङ"

Tuesday, 09.08.2015, 08:31pm (GMT+6.5)    | Comment | Print | Tell friend

मुककाजी (काजी) गुरुङ, हङकङ

सन नब्बेको दशक यता नेपालीहरु हङकङलाई कर्म थलो बनाई नेपालको विभिन्न ठाउंबाट हङकङ आई बसोबास गरिरहेका छन। हङकङ आए पश्चात विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु हङकङमा स्थापित लगभग २०० भन्दा बढी संघ संस्थामा पनि आवद्ध भईरहेको अवस्था छ। यसैगरी ६ सेप्टेम्बर २०१५ का दिन हङकङ स्थित चुनमुन क्षेत्र (वरपर) छरिएर रहेका सबै नेपालीहरु बीच आपसी सदभाव, एकता, आपतविपत परेको बेला एक आपसमा सहयोग गर्ने र भावी सन्ततीको सृजनात्मक तथा रचनात्मक कार्यमा जोड दिने मुख्य उद्धेश्य लिएर एनआरएनए हङकङको वर्तमान उपाध्यक्ष बिजय सुब्बाको संयोजकत्वमा र बिजमान गुरुङ्को अध्यक्षतामा १९ जनाको कार्यसमिति रहनेगरी "चुनमुन नेपाली परिवार हङकङ " नामक नयाँ समाज गठन गरिएको छ ।

कार्यक्रम स्थलमा लगभग १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो भने उपस्थित चुनमुन वरपर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी बीच परिचयात्मक कार्यक्रमको आयोजना पनि गरिएको थियो । यसै अवसरमा सर्वसम्मत नवनिर्वाचित अध्यक्ष बिजमान गुरुङ्ले उपस्थित सम्पूर्ण चुनमुन परिवारलाई बिशेष धन्यवाद ब्यक्त गरे भने आफुलाई चुनमुन  नेपाली परिवार, हङकङलाई सम्हाल्ने अभिभारा सुम्पेकोमा पनि धन्यवाद ब्यक्त गरेका थिए।

यसैगरी सचिव लोकराज राईले आफ्नो भनाईहरु ब्यक्त गर्दै कार्यक्रमलाई एनआरएनए हङकङका उपाध्यक्ष बिजय सुब्बाले सञ्चालन गरेका थिए। कार्यक्रम चुनमुन बटरफ्लाई बिचमा सम्पन्न भएको थियो। यसैगरी कार्यक्रम स्थलमा बीबीक्यु देखि लिएर नेपाली परिकारहरुको पनि  ब्यबस्था गरिएको थियो भने कार्यक्रम बिहान १० बजेदेखि शुरु भएर राती १० बजे अन्त गरिएको थियो।

नवगठित कार्यसमितीको अध्यक्षमा बिजमान गुरुङ, उपाध्यक्ष- दिपक राई, सचिव- लोकराज राई, सह-सचिव- गोबिन्द प्रसाई, कोषाध्यक्ष- रमेश, सह- कोषाध्यक्ष- ईश्वर गुरुङ र सदस्यहरूमा- ईमान सेर राई, मुक काजी (काजी) गुरुङ, रमेश गुरुङ, भिम थापा, नेत्रकला गुरुङ, सिमा लिम्बु, हिता गुरुङ, दिर्घ गुरुङ, मिन घले, राम कृष्ण पन्त, दल बहादुर गुरुङ, सुक बहादुर गुरुङ, शतिष सिंह रहेका छन भने सल्लाहकारहरूमा बेद खड्का, बिजय सुब्बा, दिलराज लिम्बु, लोकमान गुरुङ हरेका छन




Hot News

 

SEARCH

Newsletter

Top