Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > News

हङकङ नेप्लिज टेनिस सोसाईटीले अन्तरराष्ट्रिय टेनिस टुर्नामेन्ट आयोजना गर्ने

Sunday, 09.06.2015, 10:21pm (GMT+6.5)    | Comment | Print | Tell friend

बगैंचा डटकम

नेपाली टेनिस बिकाशको निम्ति अहोरात्र खटिरहेको एक मात्र संस्था "हङकङ नेप्लिज टेनिस सोसाईटी"ले टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपाली टेनिसलाई अन्य समुदाय सम्म प्रोमोट गर्न,  बिदेशीहरुसँग समधुर मित्रता कायम गर्न,  सास्कृतिक आदान प्रदान गर्न,  नेपाली टेनिस खेलाडीहरुको क्षमता परिक्षण  र प्रदर्शन गर्न,  टेनिस खेलकुदको सस्कृती बसाल्न, प्रतिस्पर्धात्मक भावनाको बिकाश गर्न, नेपालीहरुको पहिचान अभिबृद्धि गर्दै गरिमा बढाउन विभिन्न देशका टेनिस खेलाडी सम्मिलित गराएर बृहत् टेनिस प्रतियोगिता गराउने भएको छ।जसमा Nepal, Hong Kong, Philipine, USA, Frace, Korea, India, Japan, Germany लगायतका खेलाडीहरुले आ-आफ्नो देशको प्रतिनिधित्व गर्दै भाग लिनेछ्न भने Hong Kong Philipine का नेशनल स्क्वाड खेलाडीहरु समेतको सहभागिताले खेलको थप महत्व र रौनक बढाउने छ। प्रतियोगिता आगामी 27 तारिक आईबार सन्चालन हुने एक दिने प्रतियोगिता YMCA King's Park Centenary Centre, 22 Gascoigne Rd, Yau Ma Tei मा अपरान्ह ठिक 1 बजेबाट शुरु हुनेछ। एक टिममा 5 खेलाडीहरु सम्मिलित आठ देशका खेलाडीहरुमा नेपाली टोलिका नेतृत्व बिकाश गुरुङले गर्नेछन भने उक्त टिममा मगेन्द्र राई, किसन गुरुङ, गुमनसिङ गुरुङ र युवराज गुरुङले नेपाली टिमको प्रतिनिधित्व गर्नेछ्न। पहिलो, दोश्रो, तथा तेश्रो स्थान प्राप्त गर्ने टिमलाई आकर्षक ट्रफी तथा उपहार प्रदान गरिने छ। उक्त प्रतियोगिताको निम्ति सोसाईटीका कोषाध्यक्ष श्री नवीन देवान, अध्यक्ष श्री मगेन्द्र राईले नगद प्रायोजन, सयपत्री लिमिटेडले 10 कार्टुन पिउने पानी, फूलबारी क्लबले $500 प्रायोजन गरेका छ्न।साथै ईच्छुक प्रायोजकहरुलाई प्रायोजनका निम्ति ढोका खुल्ला गरिएको छ। सोसाईटीका पदाधिकारीहरुको बाक्लो उपस्थितीमा उक्त जानकारी भेलाको अध्यक्षता सोसाईटीका अध्यक्ष मगेन्द्र राईले गरेका थिए भने सन्चालन सचिब बज्र कुमार थुलुङले गरेका थिए।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top