Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > News

लिम्बुवान प्राप्तीका लागि खवरदारी सभा

Friday, 09.04.2015, 07:55am (GMT+6.5)    | Comment | Print | Tell friend

२०७२ भाद्र १७, काठमाडौं ।

लिम्बुवान विनाको संविधान मान्दैनौ ! लिम्बुवान हाम्रो प्राण हो ! धर्म निरपेक्ष राज्य घोषणा गर !....जस्ता नाराहरू घन्काउँदै हजारौको संख्यामा रहेको लिम्बुवानबासी काठमाडौंका लिम्बुहरूले आज र्याली निकालेका छन् । किँरात याक्थुङ चुम्लुङको २७औं जन्मजयन्तीको अवसरमा आयोजित ललितपुरको जावलाखेलदेखि नखिपोटसम्मको र्यालीमा लिम्बुवानका वुद्धिजीवि, कलाकर्मि, प्राध्यापक, सामाजिक अभियन्ता तथा नरनारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।चार दलका शिर्ष नेताहरूले मुलुकलाई संघीयताका लागि वाँडफाँट गरेको ७ प्रदेशमा लिम्वुवानको चित्र नपरेपछि लिम्बुवानका लागि लडिरहेका पार्टीहरू र भातृसंगठनहरू सम्मिलित लिम्वुवान संघर्ष समिति निर्माण गरेर लिम्बुवान प्राप्तीको निर्णायक आन्दोलनका लागि चुम्लुङले केन्द्रिय भूमिका निर्वाह गरिरहेको छ । लिम्बुवान प्राप्तीको लागि चुम्लुङले स्थापना दिवसको अवसरमा भावि सोच र योजनाहरू सार्वजनिक गर्दै भनेको छ। थरुहट र मधेसका विभिन्न राजनीतिक दलका सभासदहरू आन्दोलित रहेको अवस्थामा लिम्वुवानका सभासदहरू चुपचाप रहेकोमा असन्तुष्टी जनाउदै चुम्लुङको पहलमा आगामी दिनमा भूमिका निर्वाह नगरे लिम्वुवानमा उनीहरूको राजनीतिक भविष्य खतरामा पर्ने संकेत गरेको छ ।नखिपोटमा आयोजित खवरदारी सभामा संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका उपाध्यक्ष के पि पालुँवा, संघीय लिम्बुवान पार्टीका उपाध्यक्ष ज्ञान वहादुर गुरुङ, संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य भुपेन्द्र नेम्वाङ, नेकपा माओवादीका प्रतिनिधि पकन्दी आङदेम्वे, एनेकपा माओवादी सम्वद्ध लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाका शंखध्वोज नेम्वाङले सम्बोधन गरेका थिए ।


कल्पना तुम्राेक

Hot News

 

SEARCH

Newsletter

Top