Hot News
ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित ; २६ जिल्लामा जनजीवन अस्तब्यस्त
Home > News > News

किरात राई बान्तावा यायोख्ला हङकङको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा तिलक वालाहाङ राई

Monday, 08.31.2015, 11:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

राम प्रसाद राई प्रतिनिधि बगैंचा डटकम

गत आइतबार, ३० अगस्त २०१५ को दिन  जोर्डन स्थित भारतीय गोर्खा भूपू सैनिक क्लबमा किरात राई बान्तावा यायोक्ला (खिम), हङकङको दोश्रो अधिबेशन सम्पन्न भयो । कार्यक्रम बन्दसत्रबाट सुरु भएको थियो भने उक्त कार्यक्रम सुवास पुमा राईले संचालन गर्नु भएको थियो । नयाँ कार्य समितिको निर्वाचन मन्डलमा हरिचन्द्र साम्पाङको अध्यक्षता सदस्यहरू श्याम सुनुवार र सुबाश पुमा राई रहनु  भएको  थियो  उक्त निर्वाचन मण्डलले तिलक वालाहाङ राईको अध्यक्षतामा ११ सदस्यीय नव कार्यसमिति निर्बिरोध निर्वाचित भएको घोषणा गरेको थियो । जस अनुसार वरिष्ठ उपाध्यक्ष- दुर्गाकान्त राई, उपाध्यक्ष- माया देवी राई, सचिव- अभिनारायण राई, सहसचिव- गजेन्द्र राई, कोषाध्यक्ष- धिरज कुमार राई, सह-कोषाध्यक्ष- लीला राई, सदस्य- रामचन्द्र राई, सदस्य- शिवराज राई, सदस्य- धिरेन राई, सदस्य- सन्जीब राई रहनु भएको छ ।

अधिवेशनबाट संस्थाको नाम किरात राई यायोक्ला बान्तावालाई परिवर्तन गरी किरात राई बान्तावा यायोक्ला (खिम) राखिएको छ भने बान्तावा भाषि गैर बान्तावा राईहरूलाई संस्थाको सदस्यता बितरण गर्दै निर्वाचनमा मत दिन पाउँने अधिकार समेत प्रदान गरेको छ । त्यसै गरी बान्तावा राईहरूको अधिवेशनमा गैर वान्तावा र गैर राईलाई निर्वाचन मण्डलमा समावेश गरेर नौलो प्रयोग गरिएको छ ।

बन्दसत्र समापन पछि नव निर्वाचित अध्यक्ष तिलक वालाहाङ राईको सभापतित्वमा खुल्ला सत्र कार्यक्रम सम्पन गरिएको भने सो कार्यक्रमको प्रमुख अतिथिमा किरात राई ययोक्खा हङकङका अध्यक्ष शशीमदन राई रहनु भएको थियो भने विशेष अतिथिमा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, अतिथिहरूमा किराया हङकङका सल्लाहकार हेजेन राई, किराय हङकङका उपाध्यक्ष रजीन राई, किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष पिताम्बर राई, किरात राई पुमा तुप्खाबाङखाला हङकङका सचिव विनोद राई, थुलुङ राई सामाका सचिव बज्र थुलुङ राई, सुनुवार समाज हङकङका अध्यक्ष लोक बिक्रम सुनुवार, किरात यक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण बहादुर याक्खा, किराया हङकङका सल्लाहकार प्रताप कोयु राई, समाजसेवी नरहाङ राई, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजीन चाम्लिङ, कामैचुमैका अध्यक्ष कल्पना राई, समाजसेवी हरीचन्द्र राई, समाजसेवी सुबास पुमा राई, बगैंचा प्रविधिज्ञ तथा समाज सेवी श्याम कर्ण सुनुवार रहनु भएको थियो ।

कार्यक्रमलाई नव निर्वाचित सचिव अभिनारायण राईले सन्चालन गर्नु भएको थियो ।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top