Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > News

व्यूाझे काठमाडौंका लिम्बुवानवासी, उर्लियो जनलहरको भेल

Saturday, 08.29.2015, 11:38pm (GMT+6.5)    | Comment | Print | Tell friend

कल्पना तुम्रोक

सुतेका छैनन् लिम्बुवानवासी जनता, सुतेका छैनन् लिम्बुवानी मनहरु । हामी चाहन्छौ हाम्रो प्यारो लिम्बुवान । यस्तै लाग्थ्यो राजनीतिक वृत्तमा अव लिम्बुवानले आफ्नो भूमिलाई छोड्दैन । गुम्न लागेको आत्मस्वाभिमान र आत्मसम्मान जोगाउन लिम्वुवानले एममुठ्ठी श्वास रहुन्जेल लडाई लड्छ । पछिल्लो समयमा नेपाली राजनीतिमा सिमााकनमा लिम्वुवानको मानचित्र देखा नपरेपछि सुते झै भएको पहिचानको आन्दोलनमा उर्वर मानिने लिम्बुवान लिम्वुवानमा त घाइते बाघ झै बनेको छ । काठमाडौं उपत्यकामा समेत लिम्बुवानवासी जनताहरुको भेल उर्लेको छ । लिम्वुवान विनाको संविधान मान्दैनौ भन्ने आत्मविश्वासको मतलाई काठमाडौको सडकहरुमा प्रस्फुटन गराएको छ । २०७२ भाद्र११ गते काठमाडौंको नयाा बानेश्वरमा किरात याक्थुन चुम्लुनको संयोजनमा निस्केको जुलुमा लिम्बुवानका वुद्धिजीवि, प्राध्यापक, कलाकार, पत्रकार, विद्यार्थी, वकिल, लिम्बुवान चाहने राजनीतिक दल, दलका भातृसंगठनहरुको उल्लेख उपस्थिति थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति बैरागी कााइलाको अध्यक्षतामा बानेश्वरको सडकमा सुरु भएको कार्यक्रममा संघीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोन, जनमुक्ति पार्टीका उपाध्यक्ष के पि पालुावा, संघीय लिम्बुवान पार्टीका उपाध्यज्ञ ज्ञान वहादुर गुरुन, नेकपा माओवादीका ध्रुव आन्देम्वे, सामाजिक लोकतान्त्रिक पार्टीका विसन राई, खसान संघर्ष समितिका संयोजक प्रेम वहादुर खाती लगायतले मन्तव्य राखेका थिए । टिकापुरको घटनापछि थारुहरुलाई हेपेर सरकारी पक्षले गरेको वर्वर दमनको घोर भत्र्सना गरेका छन् । थारु जातिको सदियौकालदेखि हुादै आएको शोषण उत्पीडनको विरुद्ध गरेको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै बाहुनबादी राज्य सत्ताको अन्त्य गर्न सबैले एकजुट हुनुपर्नेमा जोड दिए । सभापतित्वको आसनबाट बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानको पुर्वकुलपति समेत रहेका बैरागी काँइलाले लिम्बुवानको ऐतिहासिकतालाई राजनीतिक दलहरुले नजरअन्दाज गर्न नमिल्ने बताए । यदि नजर अन्दाज भइहालेमा कुनै न कुनै दिन यथार्थ पक्षले सार्थकता पाउने विचार व्यक्त गरेका छन् । अधिकारको लडाईमा अहिले लिम्बुवानले आत्मसम्मान र आत्मगौरवको अनुभूतिको मात्र कुरा गरेको र यति सम्म पनि प्राप्त नभए पाँच पाण्डवले पाँच गाउँ मात्र मागेको र त्यतिमात्र समेत नदिँदा महाभारतको युद्ध सम्म हुन पुगेको घटनाको स्मरण गराउनुभएको, त्यस्तो अवस्था आउनै सक्दैन भन्न नसकिने यथार्थतालाई वेलैमा सबै पार्टीहरुले वुझ्न सुझाएका छन् ।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top