Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > News

कलर बेल्ट स्पारिङ च्याम्पियनसिपमा युनाइटेड क्लब च्याम्पियन

Friday, 08.28.2015, 01:02am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
      २३ अगष्ट, हङकङ– चाइना हङकङ नेशनल तेक्वान्दो एलियन्सले आयोजना गरेको तेक्वान्दो कलर बेल्ट स्पारिङ च्याम्पियनसिप २०१५ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्लब युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ ओभर अल च्याम्पियन भएको छ । 

     सातिन स्थित मेइ लाम स्पोर्टस सेन्टरमा सम्पन्न भएको उक्त कम्पिटिशनमा ७ वटा गोल्ड, १३ वटा सिल्भर र १४ वटा ब्रोन्ज मेडल गरी जम्मा ३४ वटा मेडल जितेर उक्त कम्पिटिशनमा सहभागी करिब ३५० खेलाडीहरुका १८ वटा स्थानिय चाइनिज, नेपाली लगायत अन्य क्लबहरुलाई पछि पार्दै युनाइटेड क्लबले ओभर अल च्याम्पियन कप हाता पार्न सफल भएको हो ।
     जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, माउन्सान, ताइपो, लगायत हङकङका विभिन्न स्थानमा गरी ९ वटा ब्रान्च रहेको उक्त क्लबमा ३०० बढि स्टुडेण्टहरु रहेका छन् भने हङकङमा आयोजना गरिने विभिन्न स्पारिङ तथा पुम्से (प्याटर्न) प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आएको क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईले बताए ।





Hot News

 

SEARCH

Newsletter

Top