Hot News
हङकङ समुद्रमा खसेका एक नेपालीको मृत्यु एक अझै बेपत्त ; हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई
Home > News > News

'अर्को जन्म' आधुनिक गीति एल्वम शिर्ष गीत र्सार्वजनिक

Thursday, 08.27.2015, 08:27pm (GMT+6.5)    | Comment | Print | Tell friend

बगैंचा प्रतिनिधि

लोकप्रिय गायक राजेश पायल राईको स्वर, मनोज साङसोनको संगीत र भानु सुनुवारको शब्दमा सजिएको  'अर्को जन्म' बोलको गीत हालसालै सङ्स नेपालमार्फत युट्युबमा सार्वजनिक भएको छ ।

बेनिशा हमाल र रिमेशको अभिनय रहेको सो गीतलाई कुशल निर्देशक समान अधिकारीले निर्देशन गरेका हुन् । तेस्तै भिडियो छायांकन हरि हुमागाईंले गरेका हुन् भने सम्पादन निशान घिमिरेको रहेको छ । गीतमा 'अर्को जन्म पाएँ भने, तिम्रो योग्य बनी आउला, दुइटा मुटु एउटै पारी तिमीसँगै माया लाउला, तिमीसँगै जीवन बिताउला' जस्ता शब्दहरु रहेका छन ।

गीतकार सुनुवारको शब्दमा संग्रहित 'अर्को जन्म' आधुनिक गीति एल्वमको शिर्ष गीत समेत रहेको यो गीत, भिडियो र एल्बमबारे श्रोताहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको सुनुवारले बताए । प्रवास कर्म थलो भएकै कारण भिडियो बनाउन झन्डै एक वर्षलामो समय लागेको र नेपालमा गीत संगीत क्षेत्रमा लाग्न एकदमै कठिन भएकोमा उनले गुनासो पोखे ।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top