Hot News
सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय ; चार अर्बको गोली किन्न सरकारलाई दबाव
Home > News > News

हङकङमा महाभूकम्प विशेष सःशुल्क कविता वाचन

Wednesday, 08.26.2015, 12:35am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
       २३ अगष्ट, हङकङ– नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनकालागि विगत ४ वर्षयता साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा तथा पुस्तक प्रकाशन समेत गर्दै आइरहेको हङकङ साहित्यिक साझा श्रृंखलाले ४० औं श्रृंखला भने विशेष प्रकारले सम्पन्न ग-यो ।
       वैशाख १२ मा नेपालमा गएको आमविनाशकारी महाभूकम्प र त्यसबाट पीडितहरु प्रति समर्पित “महाभूकम्प विशेष सःशुल्क कविता वाचन कार्यक्रम–२०१५” मा २ दर्जन बढि कविहरुले कविता सुनाईरहँदा जोर्डन स्थित कङगन रेष्टुरेण्ट २ सय हङकङ डलरको टिकट काटेर कविता सुन्न उपस्थित दर्शक स्रोताहरुले खचाखच भरिएको थियो । यसरी कविता सुन्न उपस्थित हुनेहरुमा साहित्यिक क्षेत्रका व्यक्तिहरु मात्रै नभई नाम चलेका व्यापारी, समाजसेवी तथा राजनैतिक क्षेत्रका व्यक्तिहरु समेत रहेका थिए ।  
         कवियत्री सुनिता राना गिरीको श्वागत मन्तब्यसंगै शुरु भएको कार्यक्रममा देवराज राई, टंक सम्बाहाम्फे, पूर्णिमा शाह, डोम प्रसाद राना, लालबहादुर गुरुङ, आयुषि क्षेत्री, मेखबहादुर आले, नरजित राई, चन्द्र मादने “आन्छन”, जुनु राना मगर, बज्र कुमार राई, दीपा एवाई राई, कमल पौडेल, सुनिता गिरी, टोपबहादुर याक्खा, दिपेन्द्र राई, मगेन्द्र राई, नरेश सुनुवार, निरज राई, बल्लभ रोका, विष्णु इङनाम, प्रताप कोयु, झलक पल्ली, अतित मुखिया लगायतका कवि तथा साहित्यकारहरुले कविता सुनाएका थिए ।
        श्रृंखलाका संयोजक बज्र कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक राज कुमार राई प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिहरुमा हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, कवि तथा बगैचा डटकमका प्रधान सम्पादक नरेश सुनुवार, विश्व नेपाली साहित्य महासंघ हङकङ शाखाका अध्यक्ष चन्द्र मादेन, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, एन.आर.एन. हङकङका उपाध्यक्ष बिजय सुब्बा र चेम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली रहेका थिए ।
         विशेष अतिथिद्धय टंक सम्बाहाम्फे र रिता गुरुङद्धारा शुभकामना मन्तब्य राखिएको उक्त कार्यक्रमबारे कार्यक्रमका प्रमुख अतिथि राजकुमार राईले भने “आज हामी प्रत्येकले २८ सय रुपैंयाको कविता सुन्यौं र सुनायौं, जहाँ साहित्यिक क्षेत्रका मात्र नभई व्यापारिक, सामाजिक र राजनैतिक क्षेत्रका व्यक्तिहरुको उपस्थिति पनि उल्लेख्य रहुनु हामी साहित्यकारहरुलाई अति नै खुशि क्षण हो, जसले वर्तमान हङकङेली समाजमा नेपाली साहित्यको प्रभाव र महत्व बढदै गएको दर्शाउँछ” ।
        श्रृंखलाका संयोजक मेखबहादुर आलेले संचालन गरेको उक्त कार्यक्रमको अन्तमा कविता वाचन गर्ने कवि तथा कवियत्रीहरुलाई प्रशंसापत्र प्रदान गर्दै श्रृंखलाका संयोजक बज्र कुमार राईले कवि, कवियत्री लगायत कार्यक्रम सफल बनाउँन उपस्थित पत्रकार, व्यापारी, समाजसेवी एवं राजनैतिक व्यक्तित्वहरुलाई एकमुष्ठ धन्यवाद दिदै उक्त कार्यक्रममा वाचन गरिएको कविताहरु केहि हप्ता भित्रमै महाभूकम्प विशेष कविता संग्रहको रुपमा आउँने बताएका थिए ।
        हङकङका सबै साहित्यिक संघ संस्था तथा साहित्यकारहरुसंग समन्वय गर्दै अगाडी बढिरहेको साझा श्रृंखलाले आगामी वर्ष देखि साहित्यसंग सम्बन्धित विभिन्न पुरस्कारहरु दिने घोषणा समेत यस अघिनै गरिसकेको छ ।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top