Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > News

मगर बचत कोष, कतारको कार्यभार हस्तान्तरण

Sunday, 08.23.2015, 07:05pm (GMT+6.5)    | Comment | Print | Tell friend

रबिन थापा मगर/ दोहा कतार

२१ अगष्ट २०१५, नेपाल मगर संघ, शाखा कतारको मातहातमा रहेको नेपाल प्रबासी मगर बचत कोष, कतारको सम्पूर्ण कार्यभार २१ अगष्ट २०१५ का दिन देखि कोषको तेस्रो साधारण सभावाट निर्वाचित कार्य समितिलाई हस्तान्तरण गरियो । बचतकोषका निवर्तमान अध्यक्ष लिलम्बर चिंदि मगरको अध्यक्षतामा बसेको हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापामगर रहनुभएको थियो । पुरानो कार्यसमितिका अध्यक्ष लिलम्बर चिंदि मगरले नयाँ कार्यसमितिका अध्यक्ष केशव रानामगरलाई नेपाल प्रबासी मगर वचत कोषको कार्यभार हस्तातरण हस्तान्तरण गर्नुभयो ।

तेस्रो साधारण सभावाट निर्वाचित नयाँ कार्यसमिति यस प्रकारले चुनिएको थियो: अध्यक्ष- केशब रानामगर (धनकुटा), उपाध्यक्ष- केशब ब. र्घर्तिमगर (रुपन्देही), सचिब- विजय कुमार मगर (झापा), कोषाध्यक्ष- अभिमत पुनमगर (रोल्पा), सहकोषाध्यक्ष- रबिन मगर (धनकुटा), सदस्य- विवेक पुलामीमगर (काठमाण्डौ), सदस्य- धुर्ब थापामगर (पाल्पा) रहनु भएको थियो । यस कोषको तेस्रो साधारण सभा गत ३ जुलाई २०१५ का दिन भएको थियो भने यस कोषको अध्यक्ष नेपाल मगर संघ, शाखा कतारको केन्द्रिय कोषाध्यक्ष पदोनिय अध्यक्ष रहने प्रावधान रहेकोले कोषको कार्यभार हस्तान्तरणको कार्य ढिलाई हुन गएको हो । केन्द्रिय समितिको महाधिवेश नगत १७ जुलाई २०१५ मा सम्पन्न भएको थियो ।




Hot News

 

SEARCH

Newsletter

Top