काठमाडौंमा तुम्रोक समाज गठन

Saturday, 08.22.2015, 10:55pm (GMT6.5)

५ भाद्र, काठमाडौं

काठमाडौं उपत्यकामा विभिन्न पेशा, व्यवसाय गरी वसोवास गर्दै आएका लिम्वु जाति अन्तर्गत तुम्रोक समुदायका दाजुभाई तथा दिदिवहिनिहरु भेला भई तुम्रोक समाज गठन गरेका छन् । राजधानीको सिफलमा आयोजित भेलाले देवेन्द्र तुम्रोकको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मतिले तदर्थ समिति गठन गरेको हो । सामाजिक कार्यहरू मर्दापर्दा दाजुभाई तथा दिदी वहिनीहरुको आवश्यकतालाई मध्यनजर गर्दै गठन भएका तुम्रोक समितिमा उपाध्यक्ष प्रेम तुम्रोक, सचिव हर्ज अमिन तुम्रोक, सहसचीव अरुण रुम्रोक र कोषाध्यक्ष सुक तुम्रोक चयन भएको छन्। त्यस्तै, सदस्यहरूमा गोपाल तुम्रोक, दिपक तुम्रोक, कुमारी तुम्रोक अञ्जला तुम्रोक छनौट हुनुभएको छ ।

कल्पना तुम्राेक

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.