Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > News

‘नेपाल फाईनान्स बगैंचा नाईट हङकङ २०१५’ को सम्पूर्ण हिसाब बुझबुझारथ

Friday, 08.21.2015, 11:49am (GMT+6.5)    | Comment | Print | Tell friend

       बगैंचा डटकमले आयोजना गरेको नेपाल फाईनान्स बगैंचा नाईट हङकङ २०१५ को सम्पूर्ण हिसाब किताब बुझबुझारथ गरिएको छ । उक्त बुझबुझारथ अनुसार सबै खर्च कटाएर ८० हजार हङकङ डलर मुनाफा प्राप्त भएको छ । जस मध्ये केही टिकटको रकम उठन बाँकी रहेको देखिएको छ । उक्त उठ्न बाँकी रकमलाई bad debts  मा देखाएको छ । बैठकको अनुसार bad debts  मा देखाएको रकम उठाउन एउटा अवधि तोकिएको छ र उक्त अवधि भित्र रकम उठाउन नसके टिकटको पैसा नतिर्नेहरूको नामवली सार्वजनिक गरि सो रकमलाई नउठ्ने रकम शिर्षकमा राख्ने भएकोछ ।

बगैंचा डटकमको बैठकले सांगितिक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रमबाट प्राप्त रकम मध्ये सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकमको ५० प्रतिशत बगैंचा परोपकार अक्षय कोष स्थापना गर्ने र सो कोषबाट बिबिध सामाजिक परोपकारी कार्यक्षेत्रमा खर्च गर्ने र बाँकी ५० प्रतिशत रकम बगैंचा बेभ साईट सुधारमा प्रयोग गर्ने निर्णय गरिएको थियो । सो मुताबिक बगैंचा परोपकार अक्षय कोष को नाममा नेपाल फाईनान्समा हङकङ डलर ४० हजार जम्मा गरिएको छ भने बाँकी रकम बेभ साईट सुधारमा प्रयोग गरिने छ ।

स्मरण रहोस- अप्रील ३ तारीक सुक्रबार साँझ युनलोङ स्थित अउडोटोरीम थिएटर हलमा बगैंचा डटकमद्वारा आयोजित सांगितिक कार्यक्रम नेपाल फाईनान्स बगैंचा नाईट हङकङ २०१५ भब्यताका साथ सम्पन्न भयो । बगैंचा परोपकार अक्षय कोष निर्माणका लागि आयोजित उक्त नाइटका लागि नेपालबाट ख्याति प्राप्त कलाकारहरुः वरिष्ठ गायक कुबेर राई, चर्चित गायिका मिलन अमात्य, चर्चित हास्यकलाकारद्वय विल्सन विक्रम राई (तक्मे बुढा) र केदार घिमिरे (माग्ने बुढा) त्यस्तै गरि चर्चित डान्सर तथा मोडल पार्वती राई र केही अगाडी मात्रै सम्पन्न नेपाली तारा सिजन-३ का फष्ट रनरअप देवेश राई आएका थिए ।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top