प्रहरी इन्काउन्टरमा मारिए गुण्डा नाइके कुमार घैंटे

Thursday, 08.20.2015, 03:41pm (GMT6.5)

, भाद्र २०७२

आज प्रहरीको गोली लागि गुण्डा नाइके कुमार घैंटेको मृत्यु भएको छ । प्रहरी र घैंटेको समूहबीच राजधानीको कपुरधारामा गोली हानाहान भएको थियो । गोली लागेर घाइते भएका घैंटेलाई उपचारको लागि शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पतालका चिकित्सकले घैंटेलाई मृत घोषणा गरेका हुन् । प्रहरीको गोली लागि थप दुई जना घाइते भएका छन् । उनीहरु घैंटेको समूहका व्यक्ति भएको महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले नियमित गस्तीमा रहेको प्रहरीमाथि घैंटे समूहले गोली चलाएपछि प्रहरीले पनि गोली चलाएको जानकारी दिएको छ।शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख डा. प्रताप नारायणप्रसादले घैटेलाई मृत अवस्थामा ल्याइपुर्‍याइएको बताएका छन्।उनको छाति र तिघ्रामा गोली लागेको ।घैटेको श्रीमती र छोरी छन् । कांग्रेस नेता जगदीशनरसिंह घैटेको स्थिति बुझ्न अस्पताल पुगेका थिए । २०६२ सालमा सर्वेन्द्र खनाल तत्कालीन केरकारका शाखाका डीएसपी हुँदा घैटेले खनालको बाघबजारमा गाडीमाथि तोडफोड गरेका थिए ।उनी भूकम्पपछि कांग्रेस भ्रातृसंगठनमार्फत राहत वितरणमा सक्रिय थिए । राहत वितरणमा खटिने कांग्रेस कार्यकर्तालाई विदाई गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा घैटे पनि सहभागी थिए । केही बर्ष अघि प्रहरीले उनलाई प्रहरीले गोली हानेर घाइते बनाई दरबारमार्गबाट पक्राउ गरेको थियो ।अघिल्लो बर्ष प्रहरीको गोलीमा गुण्डा नाइके दिनेश अधिकारी चरीको मृत्यु भएपछि घैटे भारत र सिंगापुरमा लुकेर बस्दै आएका थिए । भूकम्पपछि उनी नेपाल फर्किएका हुन् ।  

नितेश सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.