रामेछापको भुजी गाबिस वडा नं. २ पहिरोको उच्च जोखिममा

Wednesday, 08.19.2015, 08:20pm (GMT6.5)

अमृत सुनुवार,

१८ अगस्ट २०१५ पहिरोका कारण रामेछापको भुजी गाबिस वडा नं. २ का उच्च जोखिममा परेको छ । गाबिस आसपास क्षेत्रको धार्मिक महत्व बोकेको राम्जीथान नजिकै हुपिनचुली भिरबाट ठुलो पहिरो गएको छ । पहिरोबाट सारी टोल पर्णरुपमा बिस्थापित हुनुका साथै केही बस्तिहरु उच्च जोखिममा परेको स्थानिय बिनोद सुनुवार बताउछन् । बैशाख १२, १३ र २९ गते गएको शक्तिशाली भुकम्पको कारण उक्त स्थान चर्किएको थियो । यही ३० गतेबाट जान सरु गरेको पहिरो हाल सम्म पनी पूर्ण रुपमा रोकिएको छैन । बिस्थापित पाँच घर परिवारलाई नजिकैको शहरे टोलमा सारिएको छ ।

bagaicha.con

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.