ऐतिहाँसिक मगरात भुमिलाई एकै प्रदेशमा राखियोस भन्दै नेपाल मगर संघ, शाखा कतारले प्रेश बिज्ञाप्ति

Wednesday, 08.19.2015, 08:17pm (GMT6.5)

रबिन थापामगर

१७ अगष्ट २०१५ दोहा कतार । प्रमुख ४ दलका शिर्ष नेताहरुको बिच २०७२ श्रावण २३ गतेको मध्यरातमा  भएको सिमाङ्कन सहितको ६ प्रदेश प्रति घोर आपत्ती तथा विरोध जनाउदै दोहा कतारमा रहेका मगर समुदायको एक मात्र साझा संस्था "नेपाल मगर संघ, शाखा कतार को गम्भिर ध्यानाकर्षण रहेको जनाउँदै नेपाली राजदुताबास दोहा कतारका का.वा. राजदुत मार्फत नेपाल सरकार समक्ष प्रेष विज्ञप्ति पत्र जारी गरी बुझाएको छ । 

नेपाल मगर संघ, शाखा दोहा कतारका अध्यक्ष महेन्द्र थापा मगरको नेतृत्वमा गएको प्रतिनिधी मण्डलमा महासचिव बिजय मगर, सचिब रबिन थापा मगर, संगठन सचिव विवेक पुलामी मगर, सह कोषाध्यक्ष केशव र्घर्ति मगर सदस्यहरु हिम ब. थापा मगर, भक्त ब. राना मगर र सल्लाहकार सदस्य रमेश थापा मगर रहनु भएको थियो ।  विज्ञप्ति बाचन गर्दै अध्यक्ष थापामगरले बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक लगायतको सामाजिक विविधताको धरातलमा टेकिएको मुलुक नेपालमा विगत २५० वर्षेखि आजसम्म पनि एउटै जाति, भाषा, धर्म र संस्कृतिको बर्चश्व रहेको एकल जातिय, एकात्मक र केन्द्रिकृत राज्य सञ्चालन भईरहेको, जसका कारण बहुसंख्यक नेपाली जनता र समुदायहरु राज्यबाट विभेद र उत्पीडनमा परिरहेका छन् । उत्पीडित समुदायको मुक्तिका लागि विभिन्न कालखण्डमा धेरै न्यायपूर्ण संर्घष, जनआन्दोलन, जनबिद्रोह र बलिदानीहरु भए त्यसको फलस्वरुप मुलुक एकात्मक राज्यव्यवस्थाबाट संघिय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण बताउनु भयो । अध्यक्ष थापाले उपलब्धीहरुलाई संस्थागत गर्न २०६४ सालको निर्वाचनबाट गठित संविधान सभाको "राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाडफाँड समिति" ले प्रस्तावित गरेको नामांकन तथा सिमाङ्कन सहितको मगराँत लगायतको १४ प्रदेश र राज्यपुर्नसंरचना सम्बन्धी "उच्च स्तरिय आयोग"ले प्रस्तावित गरेको नामांकन र सिमाङ्कन सहितको मगरात लगायतको १० प्रदेशहरु अत्यन्तै बैज्ञानिक, बस्तुपरक र इतिहाँसको सम्मान हुने तथा उत्पीडित समुदायहरुलाई सम्बोधन गर्ने र मुक्तिको लागि निकास दिने निर्विकल्प मार्ग रहेको बताउनु भयो । उहाले बिघटित पहिलो संविधान सभाबाट गरिएका निर्णयहरुलाई हालको संविधान सभाले स्वामित्व ग्रहण गर्ने भन्ने निर्णयको बिरुद्धमा कुनैपनि मापदण्ड र आधार बिना प्रशासनिक तथा भौगोलिक र सिमित नेताहरुको निर्वाचन स्वार्थमा निहित भएर प्रस्तावित तथा ऐतिहाँसिक मगराँत भूमिलाई चिराचिरामा खण्डित गरेको चार शिर्षनेताहरुले ६ प्रदेशको सिमाङ्कनको निर्णय मगराँत वासी सम्पूर्ण जनताको बिरुद्धमा भएको यसले अग्रगामी परिवर्तन र समृद्धिको दिशामा मुलुकलाई नेतृत्व गर्न नसक्ने, बरु एकात्मक राज्यव्यवस्थालाई निरन्तरता दिने गम्भिर षडयन्त्रकारी निर्णयहरुलाई मगरात वासीको लागि कदापी स्वीकार्य छैन । यस प्रति सरोकारवालाहरुको बिशेष ध्यान जान जरुरी भएको बताउनु भयो । अध्यक्ष थापामगरले भन्नुभयो  यस्तो जनघाती सहमती र निर्णयलाई तत्काल संशोधन गरेर मगर समुदायको सघन बस्ती रहेको जिल्लाहरु र क्षेत्रहरुलाई एउटै प्रदेशमा समेट्न, बिघटित संविधान सभाको राज्यपुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र उच्च स्तरिय आयोगको प्रतिवेदन बमोजिमको पहिचान सहितको संघियतामा मगराँत स्वायत्त प्रदेश निर्माणका लागि हामी प्रवासबाट पनि जोडदार माग गर्दछौं ।

नेपाल र नेपाली समुदायको हितलाई ध्यानमा राख्दै समस्त मगर समुदायले यो ऐतिहाँसिक घडिमा ऐतिहाँसिक थातथलो रहेको मगरातलाई ४ दलले जुन रुपमा बिभाजन गरेर चिरा चिरा गरेर छुट्टाउने काम गरेको छ यसमा नेपाल मगर संघ, शाखा कतार लगायत कतारस्थित मगरहरुको गम्भिर ध्यानाकर्षा भएको अवगत गराउँदै उक्त निर्णयप्रति घोर बिरोध गर्दै सरकार पक्षलाई सम्बोधन गर्दै ऐतिहाँसिक मगरात भुमिलाई एकै प्रदेशमा राखियोस भन्दै नेपाल मगर संघ, शाखा कतार यस प्रेष बिज्ञप्ति जारी गरी नेपाली राजदुताबास, दोहा कतार मार्फ् नेपाल सरकार समक्ष जोडदार माग राखेको छ ।  बिज्ञप्ती ग्रहण गर्दै कतारका लागी नेपाली कार्यबाहक राजदुत मणि रत्न शर्माले भन्नु भयो प्रवासमा पनि आफ्नो हक, हित, अधिकार सुनिस्चतताको लागि आवाज उठ्नु संगठित हुनु राम्रो कुरा भएको र नेपाल मगर संघ, शाखा कतारले बुझाएको यस प्रेष बिज्ञप्तिलाई सम्बन्धित क्षेत्रमा पुर्याउनु आफ्नो कर्तब्य भएको र पुर्यारै छाड्ने बताउनु भएको थियो ।



© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.