मिस्टर हङकङ नेपाल–२०१५ सेप्टेम्बर २० मा हुंदै

Tuesday, 08.18.2015, 11:44pm (GMT6.5)

टोपबहादुर याक्खा
      १५ अगष्ट, हङकङ– २० सेप्टेम्बर २०१५, आइतबार साँझ याउ मा तेई कम्यूनिटी हलमा “मिस्टर हङकङ नेपाल–२०१५” तथा “मिस फिटनेस हङकङ नेपाल–२०१५” सम्पन्न हुने भएको छ । आयोजक हङकङ नेपाल बडिबिल्डिङ एशोसिएसनद्धारा जोर्डन स्थित फूलबारी क्लबमा जानकारी सभा राख्दै पत्रकारहरु माझ सो बारे जानकारी गराएका थिए । 

      हङकङ नेपाल बडिबिल्डिङ एशोसिएसनको इतिहासमै प्रथम पटक महिला खेलाडीहरु समेत प्रतिस्पर्धामा उत्रने उक्त कार्यक्रममा मिस्टर हङकङ तर्फ १० र मिस फिटनेस तर्फ १० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन भने स्थानिय कलाकारहरुको सांगीतिक तथा सास्कृतिक कार्यक्रम समेत रहने छ ।
      पूर्व मिस्टर हङकङ नेपाल तथा एशोसिएसनका उपाध्यक्ष शम्भु कुमार तामाङको श्वागत मन्तब्यसंगै शुरु भएको कार्यक्रममा कार्यक्रमका सभापति लोकराज आङबुङहाङ लिम्बु, प्रमुख अतिथि रिता गुरुङ, सल्लाहकारहरु रोशन लिम्बु, मधु कुमार राई, तिलक सोमै मगर लगायत अन्य पदाधिकारी तथा खेलाडीहरुद्धारा कार्यक्रमको पम्प्लेट समेत सार्वजनिक गरिएको थिए ।
      एशोसिएसनका सचिव हिरा खड्का मगरले संचालन गरेको औपचारिक कार्यक्रमको सभापतित्व अध्यक्ष लोकराज आङबुहाङ लिम्बुले गरेका थिए भने हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ प्रमुख अतिथिको रुपमा रहेकी थिइन ।





© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.