Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > News

अलग अभियानको साउन शृङ्खला सम्पन्न

Sunday, 08.16.2015, 10:24pm (GMT+6.5)    | Comment | Print | Tell friend

ललितपुर, साउन ३०

अलग अभियानले साउन शृङ्खलामा लोक शैलीका नयाँ गीत र कविताहरु प्रस्तुत गरेको छ। कविहरु स्वप्निल स्मृति, चन्द्र रानोहोंछा, राम गोपाल आशुतोष, प्रणिका कोयू, साङ्केन बान्तावा, अविनाश भट्टराई, प्रज्ज्वल अधिकारी, इनुमा राई, नमन अनु, गोपाल चन्द्र राई, मोहन राई, देवधन राई लगायतले कविता वाचन गरे भने नाकिमा, सविता भुजेल, पेङ किरातको शब्दलाई भिमसेना राई, मण्डल साम्पाङको सङ्गीतमा सविना राई, पूजा श्रेष्ठ, रेवत राई, धनु लिम्बु लगायतले प्रस्तुत गरेका थिए । त्यसैगरी बाँसुरीवादक पावल थुलुङ र रमेश खड्काले साउने खोला उर्लेर आउँदागीत प्रस्तुत गर्दा तबलामा दिपेश राई, गिटारमा राजकुमार समाल र मादलमा मण्डल साम्पाङले साथ दिएका थिए ।सङ्गीततर्फको अतिथि बाँसुरीवादक नगेन्द्र राईले राग हंशध्वनि, ‘अल्झेछ क्यारे पछ्यौरीर साकेला धुन प्रस्तुत गरेर उपस्थितलाई मन्त्रमुग्ध बनाए ।तबलामा कुन्दन शाहले साथ दिएका थिए । त्यसैगरी साहित्यतर्फको अतिथि कवि शशी लुमुम्बुले अलग अभियानको अलग गतिविधिको प्रशंशा गर्दै आफ्नो कविता सुनाए । कार्यक्रमको सञ्चालन बबिना किरातीले गरेका थिए भने फोटोग्राफीमा सुक तुम्रोक र भिडियोग्राफीमा बिजु जोशी थिए । अलग अभियानले बेलाबेला विशेष र हरेक महिना साहित्य र सङ्गीतको मासिक शृङ्खला सम्पन्न गर्दै आएको छ ।


कल्पना तुम्राेक

Hot News

 

SEARCH

Newsletter

Top