Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > News

हङकङमा २१ औं विश्व आदिवासी दिवस सम्पन्न

Sunday, 08.16.2015, 09:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

प्रतिनिधि बगैंचा डटकम

१० अगस्त २०१५ हङकङ । बिगत बर्षहरू जस्तै यो बर्ष पनि नेपाल आदिवासी जनजाति महासंघ हङकङले २१औं विश्व आदिवासी दिवस २०१५ एक कार्यक्रम गरि मनाएको छ । चिम्साचुई स्थित काईफोङ कम्यूनिटि सेन्टर हलमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ नेपालकी महासचिव गंगा खासु मगरको प्रमुख आतिथ्य र पत्रकार देव पचभैयाको बिषेश अतिथ्य रहेको कार्यक्रमलाई जनजाति महासंघका अध्यक्ष मैन बहादुर थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएन हङकङका अध्यक्ष ललित लिम्बु, हङकङ नेपाली महासंघकी अध्यक्ष श्रीमति रिता गुरुङ लगायत संघमा आवद्ध जातीय संस्थाका अध्यक्ष, सल्लाहकार लगायत क्षेत्रीय, राजनैतिक, धार्मिक बिभिन्न संघ संस्थाका लगभग ३ दर्जन भन्दा बढिलाई आतिथ्य आसन ग्रहण गराईएको थियो । संघका उपाध्यक्ष दुर्गा गुरूङ मिलनको स्वागत मन्तब्य पछि सल्लाहकार भुपेन्द्र चेमजोङले बिश्व आदिवासी दिवसको बारेमा संक्षिप्त जानकारी गराउदै सभालाई सम्बोधन गर्दै देशको राजनिति, संविधान निर्माण र आदिवासी जनजातिहरूको गुज्रदो अवस्थाको बारेमा दु:ख ब्यक्त गर्दै अब युद्धभन्दा अरू बिकल्प नरहेको भन्दै बिचार राखेका थिए । त्यसै गरि हङकङ नेपाली महासंघ अध्यक्ष श्रीमति रिता गुरुङ र एनआरएन हङकङका अध्यक्ष ललित लिम्बूले शूभकामना दिएका थिए ।

मन्तब्यको क्रममा बिशेष अतिथी पत्रकार देव पचभैयाले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका ठूला मिडियाहरुले आदिवासी जनजातीहरुको हरेक सवालको बारेमा विभेद गर्ने र एक जाती र एक धर्मको मात्र पक्षपोषण गरीरहेको बताउदै ब्राम्मणवादी राज्यसत्ताले अरुको पहिचान नष्ट गर्ने र आफ्नो पहिचानलाई मात्र स्थापित गर्ने रणनिति रहेको बताउदै देशको हरेका क्षेत्रमा एक जातीको मात्र हालिमुहाली भएको हुनाले हरेक क्षेत्रको निर्णायक तहमा पुगेर पहुँच बिस्तार गर्नका लागि गम्भिर भएर सोच्नु पर्ने र बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाल फर्कन अनुरोध गरेका थिए ।

त्यसैगरी प्रमुख अतिथि गंगा खासु मगरले सम्बोधन गर्ने क्रममा राज्यले आदिवासी जनजातीलाई अहिले पनि दोश्रो दर्जाको नागरिको रुपमा हेरीरहेको र यो परिस्थितीमा दलितले दलितको आवाज, महिलाले महिलाको आवाज आदिवासीले आदिवासीको आवाज उठाउनु पर्ने अवस्था रहेको बताईन । यसरी राज्यले हामीमाथी बिभेद गरेको हुनाले हाम्रो पहिचानको निम्ति बाध्य भएर सडकमा आन्दोलित हुनु पर्ने अवस्था रहेको र हामीले आत्मसम्मान सहित् नागरिक भै बाँच्न पाउँने अधिकार सुनिश्चितको निम्ती संबिधानमा उक्र्त कुरा लेखीयोस भन्ने माग रहेको तर प्रारम्भिक मस्यौदाका हरेक धारा उपधारामा आदिवासीहरुको बिषयमा कही कतै उल्लेख नभएको बताउदै यदी राज्यले उत्पिडनमा परेका हरेक जाती जनजातीहरुलाई समान ब्याभार गर्दैन्न् भने युद्धमा होमिनु पर्ने परिस्थिति आएको बताउदै बिदेशमा रहेका सबै आदिवासी जनजातिहरूलाई अ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अव्हान गरेका थिए ।

आयोजकको कमजोरीका कारण ढिलो सुरु भएको कार्यक्रममा बिगत बर्षहरुको तुलानामा जनसहभागीता न्यून रहेको देखिन्थ्यो भने ब्यवस्थापनको कमजोरी र प्राविधिक त्रुटीले गर्दा कार्यक्रमा गाईजात्रे मेला देखिएको थियो । बिश्व आदिवासी दिवस अगस्त ९ तारिकमा पर्छ भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो तथापी हङकङमा सार्बजानिक विदा तथा आईतबारको दिन पारेर जनसहभागिता भेला गरेर भव्य रूपले मानाउने चलन रहि आएको छ । तर यस पटक बिश्व आदिवासी दिवस संजोगले आईताबारकै दिन पर्न गए तापनि १० तारिक सोमबारको दिन कार्यक्रम आयोजना गरेकोले जागिरको कारण जनसहभागिता न्यून रहेको हो । सहभागिहरूलाई सय बिषयमा जिज्ञासा राख्दा यसपटकको हङकङको आदिवासी दिवस दिवस नभएर झारा टार्ने काम भएको भन्दै आयोजकको कमजोरी औल्याएका थिए ।   

बिगत बर्ष जस्तै आदिवासी जनजातिको सवालमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई वर्ष पुरूष र वर्ष महिलाको रूपमा सम्मान गर्ने प्रचलन गनुरूप यस बर्षको आदिवासी बर्ष पुरुषमा कुमार गुरुङ र आदिवासी बर्ष महिला रचना प्राधान घोषित भएका थिए । नेपालबाट आएका प्रमुख अतिथी खासु मगर र बिशेष अतिथी देव पचभैया मगरलाई जनजाती महासंघ हङकङका अध्यक्ष मैन बहादुर थापा मगरले सम्मान पत्र, पुष्प गुच्छा र दोसल्लाले संयुक्त रुपमा सम्मान गरेका थिए ।

औपचारिक कार्यक्रमको समापन पछि गुरुङ, मगर, लिम्बु, सुनुवर, तमाङ र थकालीको जातिय पहिरन प्रदर्शन गर्नुको साथै अन्त्यमा लिम्बु, तमाङ र सुनुवार जातीको झाँकी तथा नृत्य प्रस्तुत गर्दै समापन गरिएको थियो । दोश्रो चरणको कार्यक्रम मौसम लिम्बु र हिरा थापाले सन्चालन गरेका थिए ।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top