Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > News

हङकङमा गुरूङ सोल्टी

Wednesday, 08.12.2015, 09:36pm (GMT+6.5)    | Comment | Print | Tell friend

       पैसा छैन गोजीमा, मायालुको खोजीमा...बोलको कमेडी गीतबाट चर्चामा आएका कमेडी गायक तथा कलाकार गुरूङ सोल्टी मायालु खोज्ने फेरि हङकङ जादैछन् । फरक शैलीका हाँस्य गीतहरु गाएर चर्चामा आएका सोल्टीको बेजोड उद्घोषण र कमेडी रसलाई पनि हङकङमा रुचाईएको छ ।

खोटाङ हङकङ समाज, हङकङले १६ अगष्टमा आयोजना गर्ने खोटाङ हलेसी साँझ तेस्रोमा सहभागि हुन सोल्टी दोस्रोपटक हङकङ जादैछन् । यसअघि, २०१४ जनवरीमा किराँत र्राई यायोक्ख, हङकङले आयोजना गरेको यलम्बर नाईट पाँचौंमा सहभागी भएका सोल्टीलाई खोटाङ हङकङ समाज, खोटाङ गुरूङ हङकङ समाज, हङकङ तरहरा -हाँसपोसा) मञ्च, हङकङले त्यसबेला सम्मान गरेका थिए । 'भट्टीको शराब साहुनी...' को हट भिडियोका कारण सोल्टी यतिबेला चर्चामा छन् । उनको यो भिडियो यूट्यूबमा साढे आठलाखभन्दा बढीपटक हेरिसकिएको छ । उनको 'पैसा छैन गोजीमा...', 'खाँउला चनाचट्पटे...', 'ब्यालेन्स कम छ' जस्ता लोक कमेडी गीतहरु हिट छन् । हङकङ तरहरा -हाँसपोसा) मञ्चको संयोजनमा सोल्टीले राष्ट्रिय गीतहरुका आप\mनो नयाँ एल्बम 'देश', हङकङ विशेष, विमोचन समेत गर्ने बताएका छन् । यसअघि, उनले गुरूङ सोल्टी अडियो र भिडियो, वेसहारा एल्बम आप\mनै एन्. जीर्.र् इन्टरटेनमेन्ट मार्फत रिलिज गरिसकेका छन् । उनले आफु हङकङबाट फर्किसकेपछि भू. पू. लाहुरे नामक नेपाली मौलिक चलचित्रमा व्यस्त रहने बताए ।




Hot News

 

SEARCH

Newsletter

Top