Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > News

कला चेम्जोङको “कला” विमोचित

Tuesday, 08.11.2015, 11:04am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
       ९ अगष्ट, हङकङ– २ हप्ता अगाडी मात्रै गायक ज्ञान सुब्बाको “तिम्रो प्रतिक्षामा” गीति एल्बम विमोचन भएको नेपाली गीत संगीत र साहित्यको उर्वर भूमि हङकङमा सुरिलो स्वरकी धनि गायिका कला चेम्जोङको गीति एल्बम “कला” को विमोचन कार्यक्रम सम्पन्न भयो ।
       हङकङबासी गीत संगीत क्षेत्रका महानुभावहरु, साहित्यकार, बुद्धिजिवी, पत्रकार तथा दर्शक स्रोताहरुको उपस्थिति बीच जोर्डन स्थित कङगन रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रममा दिनेश सुब्बा, विजय विर गुरुङ, गणेश पराजुली, नगेन्द्र श्रेष्ठ, सरला गुरुङ आदि गीत संगीत क्षेत्रका व्यक्तित्वहरुद्धारा संयुक्त रुपमा “कला” को विमोचन गरिएको थियो । 

        कलाको प्रथम गीति एल्बम “कला” भित्र आईदेउ तिमी, सिरानी हो मेरो साथी, मलाई हास्न, बिर्सनु कसरी, थाहै नपाई र आज मेरो मनमा गरी ६ वटा गीतहरु सुन्न सकिन्छ भने सोहि एल्बम भित्रको कला चेम्जोङ र कुशल थलङ लिम्बुको श्वरमा रहेको डुएट गीत आईदेउ तिमी...को भिडियो युट्युव लगायत विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा चिर्चित बनिसकेको छ । 
       संगीतकार तथा गायक विजय गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सरला गुरुङ, गणेश पराजुली, नगेन्द्र श्रेष्ठ, दिनेश सुब्बा, विजय विर गुरुङ आदि गायक, गायिका तथा संगीतकारहरुले शुभकामना मन्तब्य राखेका थिए भने साहित्यकार तथा गायक निरज राईले हङकङमा नेपाली गीत संगीतको इतिहास तथा वर्तमानसंगै गायिका कला चेम्जोङको गायन यात्रा तथा “कला” एल्बम भित्रका शब्द, संगीत र श्वर बारे गहन विश्लेषण गर्दै समग्रमा कलाको “कला” एल्बम नेपाली गीत संगीतका पारखीहरुका लागि उत्कृष्ट रहेको धरणा राखेका थिए ।
       अन्तमा गायिका कला चेम्जोङले आफ्नो एल्बम “कला”लाई दर्शक स्रोताहरु सम्म ल्याउँन विशेष भूमिका निर्वाह गर्ने हिमालय टोन्स म्युजिक एकाडेमी तथा “कला”का संगीतकारहरु दिनेश सुब्बा, संगित लिम्बु आङखेवा, उदय सोताङ, महेश खड्का, गायक कुशल थलङ लिम्बु र गीतकारहरु निलम आङबुहाङ राई, भावेश भुमरी तथा टंक सम्बाहाम्फेका साथै विमोचन कार्यक्रमलाई सफल बनाउँन उपस्थित गायक, गायिका, संगीतकार, साहित्यकार, पत्रकार, बुद्धिजिवी, समाजसेवी, दर्शक स्रोता लगायत समस्त शुभचिन्तकहरु प्रति हार्दिक आभार सहित धन्यवाद दिएकी थिइन ।
      कवि तथा साहित्यकार टंक सम्बाहाम्फेको श्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रमलाई साहित्यकार रविन राईले संचालन गरेका थिए ।





Hot News

 

SEARCH

Newsletter

Top