Hot News
किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने, ; हङकङमा सुनुवारहरुको उभौली सालिवा ष्याँदर ; हङकङ निबासी टिनएजर ऋषिले जिते मेडल मङ्गोलियामा, ; यस्तो छ ताजा परिणाम
Home > News > News

काठमाडौँ उपत्यकामा लिम्बुवान एकता दिवस सम्पन्न

Wednesday, 08.05.2015, 10:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

कल्पना तुम्रोक

साउन १९ | लिम्बुवान एकताको एकवर्ष पुगेको अवसरमा साउन १९ गते लिम्बुवान पार्टीको निर्णय अनुसार संघीय लिम्बुवान पार्टी, नेपाल उपत्यका समिति, काठमाडौँले पनि एकता दिवस मनाएको छ |

लिम्बुवानी बौद्धिक तुम्म्यहाङ, चुम्लुङ, पार्टीका नेता-कार्यकर्ता तथा शुभेच्छुक-समर्थकहरूको विशेष उपस्थितिमा मानिएको सो एकता दिवसमा लिम्बुवानी एकता र त्यसको संस्थागत विकास गर्नका लागि विशेष भूमिका खेल्दैआएका तुम्म्यहाङहरूले महत्वपूर्ण समीक्षाका साथ सुझावहरू राखेका थिए |

संघीय लिम्बुवान पार्टी, नेपाल उपत्यका समिति काठमाडौँका अध्यक्ष तथा पार्टीकै केन्द्रीय सचिवालय सदस्य क्या. शिवकुमार पाङगेनहाङ लिम्बुको सभाध्यक्षतामा सम्पन्न उक्त सभाका प्रमुख अतिथि अग्रज तुम्म्हायाहाङ मन्जुल याक्थुम्बा रहनु भएको थियो |

लिम्बुवान उपत्यका समितिका वरिष्ठ उपाध्यक्ष तथा पार्टीका केन्द्रीया सचिवालय सदस्य विष्णु यक्सो लिम्बुले स्वागत मन्तव्य राख्दै वार्षिक दिवसको औचित्य प्रकाश पार्नुभएको थियो | लिम्बुवान केन्द्रकै उपाध्यक्षहरू ज्ञानबहादुर गुरुङ, बिशेन्द्र चेम्जोङ, विष्णु तुम्बाहाहाङफे तथा केन्द्रीय सचिवहरू डीबी आङ्बुङ, अमृता थेबेको आतिथ्य रहेको सो कार्यक्रममा अमृता थेबे र विष्णु तुम्बाहाङफेले पार्टीको एकवर्षे अवधिको प्रगति विवरणका साथै आगामी आन्दोलनका योजनाहरू समेत जानकारी गराएका थिए |

लिम्बुवानी बौद्धिक तुम्म्यहाङहरू मन्जुल याक्थुम्बा, नन्द कन्दङवा, अर्जुन लिम्बु, बालकृष्ण माबुहाङ, नारायण निङलेखु, राम मादेन, खगेन्द्र जबेगु, नेत्र तुम्बाहाङफे, डम्बर तेम्बे र गोबिन्द आङ्बुङ लगायतको आतिथ्य रहेको सभामा नन्द कन्दङवा, बालकृष्ण मबुहाङ र नारायण निङलेखुले समीक्षात्मक शुभकामना मन्तव्य राखेका थिए |

लिम्बु जतिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंङ थाङदेन, उपाध्यक्ष लीला सिंङगक, ललितपुर अध्यक्ष मकरधोज वनेम, काठमाडौँ अध्यक्ष डम्बर तुम्बाहाङफे र भक्तपुर अध्यक्ष भवानी विक्रम सम्बाहाङफे समेतको आतिथ्य रहेको कार्यक्रममा चुम्लुङ केन्द्रका अध्यक्ष उत्तमसिंङ थाङदेनले शुभकामना मन्तव्य राख्नु भएको थियो |

यसैगरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य योगराज वनेम र राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उप-महासचिव रबिन्द्र थिङको आतिथ्य रहेकोमा रबिन्द्रले शुभकामना मन्तव्य राखेका थिए | लिम्बुवान एकता र यसको संस्थागत विकास गर्दै लिम्बुवान स्वायत्तता प्राप्तिको लागि काठमाडौँ उपत्यकामा रहेका लिम्बुवानवासी जनतामा पनि उत्साहप्रद चाहना र प्रतिवद्धता रहेको कार्यक्रममा देखियो |

यसरी नै लिम्बुवान केन्द्र र विभिन्न जिल्लाहरुमा समेत लिम्बुवान एकता दिवस भव्यरुपमा मनाइएको छ | यसले लिम्बुवान एकता, एकताको संस्थागत विकास र लिम्बुवान स्वायत्तता प्राप्तिका लागि देश-विदेशमा रहेका लिम्बुवानी नेता, कार्यकर्ता तथा स्भुभेच्छुकहरू यसप्रति प्रतिवद्ध र कटिवद्ध छन् भन्ने सन्देश दिएको छ |

काठमाडौँमाको ललितपुर् चुम्लुङ्हिममा आयोजिक एकता दिवस कार्यक्रमको संचालन लिम्बुवान एलभी काठमाडौँ उपत्यकाकाका कमान्डर तथा सचिवालय सदस्य दुर्गा ओख्रबोले गरेका थिए |


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top