Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > News

हङकङ नेपाली महासंघमा रिता गुरुङ

Tuesday, 08.04.2015, 11:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
       अगष्ट २, हङकङ– हङकङ नेपाली महासंघको ९ औं महाधिवेशनद्धारा रिता गुरुङ अध्यक्षमा निर्वाचित भइन । ३२ वटा जातिय तथा क्षेत्रिय संघ संस्था एवं क्लबहरु समेत आवद्ध महासंघको अध्यक्षमा उपाध्यक्ष रिता संगै झापा मञ्च हङकङका अध्यक्ष छत्र सुब्बाले समेत उम्मेद्धारी दिए पछि भएको चुनावि प्रकृयामा रिताले ३६ मत प्राप्त गर्दै विजयी भईन भने उनका प्रतिद्धन्दी छत्रले १९ मत मात्र प्राप्त गरेका थिए । 

      त्यस्तै गरी उपाध्यक्षमा टंक राना, महासचिवमा मोति चाम्लिङ र सचिवमा सुमन थापामगर निर्विरोध निर्वाचित भए भने कोषाध्यक्ष पदका लागि कसैले उम्मेद्धारी नदिएको हुंदा महासंघको बैठकद्धारै मनोनयन गरिने निर्वाचन मण्डलद्धारा जानकारी गराइएको थियो ।
      महासंघका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न प्रथम चरणको खुल्लासत्र कार्यक्रमका प्रमुख अतिथिमा एन.आर.एन. हङकङका अध्यक्ष ललित सुब्बा रहेका थिए भने विशेष अतिथिहरुमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमल पौडेल, हङकङ नेपाली महासंघका प्रमुख सल्लाहकार हेम लिम्बु, कानुनी सल्लाहकार डासुराम पराजुली, सल्लाहकार हेजेन राई, हर्क राना, अर्चन गुरुङ, नेपाली महिला संघकी अध्यक्ष टिका गुरुङ, पत्रकार किसन राई लगायतका व्यक्तिहरु रहेका थिए । 
      उपाध्यक्ष रिता गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति प्रदिप थापा तथा प्रमुख अतिथि ललित सुब्बाद्धारा पानसमा बत्ति बालेर औपचारिक उद्घाटन गरिएको उक्त कार्यक्रमलाई सचिव मोति चाम्लिङले संचालन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरुद्धारा शुभकामना मन्तब्य राखिएको उक्त कार्यक्रमकै शिलशिलामा नेपालका भूकम्प पीडितहरुलाई उल्लेख्य सहयोग गर्ने विभिन्न संघ संस्था, व्यावसायी तथा व्यक्तिहरुलाई खदा ओढाएर सम्मान गर्नुका साथै प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।
       विशेष गरेर आर्थिक पारदर्शिता माथि औला उठाइदै आएको महासंघको ९ औं अधिवेशनको आर्थिक प्रतिवेदन समेत सभाबाट पास हुन नसके पछि खोटाङ समाज हङकङका अध्यक्ष तेज प्रकाश राईको संयोजकत्वमा छानविन समिति गठन गर्दै निर्वाचन प्रकृयालाई अगाडी बढाइएको थियो ।





Hot News

 

SEARCH

Newsletter

Top