Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > News

हङकङेली बालबालिकाहरुको हातमा पिङ

Tuesday, 08.04.2015, 11:02pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
       अगष्ट १, हङकङ – हङकङबासी नेपाली बालबालिकाहरुलाई लक्षित गर्दै विगत केहियता हङकङबाटै प्रकाशन हुदै आएको बाल पत्रिका पिङको दोस्रो अंक जोर्डन स्थित लिटल बर्डस किन्डरगार्डेन स्कुलको कार्यकक्षमा साहित्यकार, संगीतकार, गायक, गायीका, बालबालिका तथा अविभावकहरुको उपस्थितीमा विमोचन कार्यक्रम सम्पन्न भयो ।


      ३० हजारको हाराहारीमा नेपालीहरु बसोबास गर्ने हङकङमा केहियता बाकुलै साहित्यिक कार्यक्रम, पुस्तक तथा गीत संगीतका एल्बमहरु समेत विमोचन हुंदै आइरहेको सन्दर्भमा विशेष त बालबालिकाहरुकै आर्ट र आर्टिकलहरु समावेश गरिएको उक्त पत्रिकाका प्रकाशक हिमालय टोन्स एकाडेमी हो भने प्रधान सम्पादक रविन राई तथा सम्पादकद्धय रेनु राई र कविता राई रहेका छन् ।
       नेपाली बालबालिकाहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा वरिष्ट गायक एवं संगीतकार दिनेश सुब्बा, समीक्षक समाज हङकङका संयोजक हेम कुमार लावती, साहित्यकार टंक सम्बाहाम्फे, पिङका प्रधान सम्पादक रविन राई, सम्पादकद्धय कविता राई र रेनु राई, गायीका तथा शिक्षिका शारदा गुरुङ, गायक ज्ञान सुब्बा, साहित्यकार निरज राई, टोपबहादुर याक्खा, मेख गुरुङ लगायत बालबालिकाद्धारा पत्रिका विमोचन गरिएसंगै गीत, नृत्य, बाद्यवादन, कथा, चुट्किला जस्ता बालबालिकाहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने रातो बहिनी नामक सुन्दर नाटक समेत प्रदर्शन गरिएको थियो । 
        
हिमालय टोन्स एकाडेमीद्धारा आयोजित उक्त कार्यक्रमलाई पत्रिकाका प्रधान सम्पादक रविन राईले उपस्थित भाईबहिनीहरुको साथ लिदै आकर्षक तरिकाले संचालन गरेका थिए भने उपस्थित सबै भाइबहिनीहरुलाई आकर्षक गिफ्टहरु समेत प्रदान गरिएको थियो ।





Hot News

 

SEARCH

Newsletter

Top