Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
Home > News > News

रामेछाप जिल्लाका अधिकांश सरकारी कार्यालयका कर्मचारीहरु आर्थिक वर्षो मैजारो मान्न घरतिर

Saturday, 08.01.2015, 11:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार,

३१ जुलाई २०१५, रामेछाप जिल्लाका अधिकांश सरकारी कार्यालयका कर्मचारीहरु यतिबेला आर्थिक वर्षो मैजारो मान्न घरतिर लागेका छन् । कर्मचारीहरु घरतिर लागेपछि सरकारि कामकाजको लागि सदरमुकाम झरेका र्सबसाधरहरुले मन्थलिको प्रचण्ड गर्मी अनि होटलको मंहगीले आफुहरुलाई दुःख भएको गुनासो गरेका छन ।

सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी बाहेक अन्य कार्यालयका प्रमुख देखि विभागीय जिम्मेवारीमा रहेका कर्मचारी समेत मैजारो मान्न घरविदामा गएका हुन् । असार मसान्त सकिनासाथ विदामा गएका कर्मचारीहरु श्रावण महिनाको १५ सम्ममा पनि कार्यालयका कुर्सीहरू सबै रित्तै देखिन्छ । जिल्लाको सबै भन्दा ठूलो विकासे अड्डा जिल्ला विकास समिति असार मसान्त यता कार्यालय सहयोगीको भरमा चलिरहेको छ । त्यस कार्यालयका स्थानीय विकास अधिकारीदेखि फाँटवाला कर्मचारीहरु समेत घर विदामा बसेका छन् । कार्यालयको काम भनेको अहिले चार जना कार्यालय सहयोगीले ढोका खोल्ने र बन्द गर्ने भन्दा बाहेक अरु काम हुन सकेको छैन ।त्यसैगरी जिल्ला बन कार्यालय रामेछापका कार्यालय प्रमुखदेखि प्राविधिकसम्म घर विदामा बसेका छन् । जिल्ला बन कार्यालयमा अहिले कार्यालयको फोन समेत उठ्दैन । त्यस्तै अन्य अधिकांश कार्यालयहरुको अवस्था पनि त्यस्तै छ । श्रावण महिनामा आर्थिक कारोबार नहुने भएकाले कर्मचारीहरु विदामा जाने गरेको कतिपय को तर्क रहेको छ ।

श्रावण महिनामा आर्थिक कारोबार नभएपनि अन्य कामहरु त अवश्य हुन्छ तर, कार्यालयका सबै कर्मचारीहरु एकैचोटी घर विदामा निस्केका छन् । कार्यालय पूरा खाली गरेर कर्मचारीहरु घर जाने कुरा त्यति जायज होइन । काम होस् या नहोस् उसले सरकारी तलब भत्ता खाएपछि आफ्नो ड्यूटि पूरा गर्नैपर्ने तर्क र्सबसाधरणको रहेको छ । कित काम नभएको समयको उनीहरुले तलब भत्ता

छोड्नु पर्छ, यसो गर्न त कर्मचारीहरु तयार छैनन्-एक र्सब साधरणले भन्नु भयो । काम होस् या नहोस् आफ्नो ड्यूटि गर्नु सरकारि कर्मचारिहरुको कर्तव्य हो ।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top