Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > News

डालसमा सिसेक्पा तङ्नाम् सम्पन्न्-चलचित्रकर्मी भिष्मा चेम्जोङ् सम्मानित्

Saturday, 08.01.2015, 11:12pm (GMT+6.5)    | Comment | Print | Tell friend

      डालस टेक्सास जुलाई २९, २०१५, टेक्सास राज्यको डालस् शहरमा गत आईतबार जुलाई २६ का दिन सिसेक्पा तङ्नाम् २०१५ सम्पन्न भयो।

किरात याक्थुङ् चुम्लुङ् अमेरिका टेक्सास् शाखाको आयोजनामा सम्पन्न् उक्त कार्यक्रमको अवसरमा चर्चित नेपाली चलचित्र चेसुङ को प्रदर्शन र अमेरिका भ्रमणको शिलशिलामा रहनुभएकी चलचित्रकर्मी भिष्मा चेम्जोङ्लाई यस चेसुङ चलचित्रमार्फत पुर्बी नेपाल-लिम्बुवानको ऐतिहासिक नेपाली समाजको प्रिष्ठभुमिलाई विश्वसमुदायसमक्ष चिनाउन सफल हुनुभएकोमा आयोजक संस्था र टेक्सासवासी नेपालीहरुको तर्फबाट हार्दिक स्वागत गर्दै सम्मान गरिएको थियो।

वर्षेनि मनाईने सिसेक्पा तङ्नाम नेपाल र संसारभर रहेका किरांती समुदायका बिशेष गरी लिम्बू जातिले मनाउने यो पर्व नेपाली पर्व साउने संक्रान्तिको दिनकै सेरोफेरोमा धुमधामकासाथ मनाउने गरिन्छ। डालसमा मनाईएको यसपालिको सिसेक्पा तङ्नाम् २०१५ सामुहिक बनभोज कार्यक्रमसंगै जोडेर रमाईलो वातावरणमा समापन गरिएको थियो। कार्यक्रममा पर्वत लिम्बूलगायतका युबा कलाकारहरुले यो मन त नेपाली हो बोलको गीतसंगै केही गायनकला प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।

पूर्व प्राध्यापक दिल सेनेहाङ्ले कार्यक्रमका उपस्थितिलाई स्वागत मन्तब्य दिंदै सिसेक्पा तङ्नामको बारेमा प्रकाश पारेका थिए भने अध्यक्ष अमर सेनेहाङ्ले अथिति चेम्जोङ्लाई  सम्मान्-पत्र् हस्तान्तरण गरेका थिए। कार्यक्रमकी अथिति तथा निर्मात्री चेम्जोङ्ले चलचित्र चेसुङको बारेमा जानकारी दिनुभएको थियो। अन्त्यमा कलाकार आशिष लिङ्देनले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको मैझारो गरेका थिए।

 

डालसबाट नगेन्द्र ईङ्नाम ‘आठराईली'

Dallas, Texas.


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top