Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

एन.आर.एन. हङकङमा ललित आङबुहाङ

Wednesday, 07.29.2015, 07:05pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
       २६ जुलाई, हङकङ– गैरआवासीय नेपाली संघ (एन.आर.एन.) हङकङको पाचौं अधिवेशनद्धारा अन्य २ प्रत्यासीहरुलाई पछि पार्दै ललित आङबुहाङ अध्यक्षमा निर्वाचित भएका छन ।
      अधिवेशन नजिकिदै जादा एन.आन.एन. हङकङकै ईतिहासमा पहिलो पल्ट आ–आफ्नो प्यानलै खडा गरेर  ललित संगै राधिका गुरुङ र दिलिप सिंग गुरुङले समेत छुटृा छुट्टै पत्रकार सम्मलेन गर्दै उम्मेद्धारी घोषणा गरेका थिए ।


      यसरी एउटै पदका लागि ३ प्रत्यासीहरुले उम्मेद्धारी दिएसंगै पत्रपत्रिका तथा सामाजिक संजालहरुमा समेत एन.आर.एन. हङकङको पाचौं अधिवेशन निक्कै चर्चाको विषय बनेको थियो भने साधारण सदस्य हुनेको संख्या ६ सयबाट एकाएक ३ हजारको हाराहारीमा पुगेको थियो । 
      चिम्सा चुई स्थित मेरिनर्स क्लबमा आइतबार बिहान देखि खुल्लासत्र र बन्दसत्रको कार्यक्रम हुदै शुरु भएको निर्वाचन मध्यरात सम्म चलेको थियो । प्रत्यासीहरु बीच कडा प्रतिस्पर्धा रहने र मतदाताहरु समेत ठूलो संख्या भएको कारण पनि उक्त निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न हुन नसक्ने धेरैको अडकलबाजी बीच करिब १५ सय मतदाताहरुले सहभागिता जनाएको उक्त शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
      यसरी पाचौं अधिवेशनद्धारा निर्वाचितहरु पदाधिकारहरुमा क्रमशः ललित आङबुहाङ–अध्यक्ष, बिजय सुब्बा र प्रताप तामाङ–उपाध्यक्ष, निरञ्जन गुरुङ–महासचिव, सन्तोष राई–सचिव, जयन्ती गुरुङ– कोषाध्यक्ष र सदस्यहरुः कर्म गुरुङ, किसन राई, टिका राना, इन्द्र वनेम, निर्मल गुरुङ, नरहाङ राई, कन्य गुरुङ, धरम कुमार गुरुङ, मञ्जु थापा, गणेश गुरुङ, राकेश गुरुङ, उर्मिला घले, राम्जी गुरुङ, विजय प्रकाश लिम्बु, रोशन लिम्बु, प्रेम लामा र महेन्द्र गुरुङ रहेका छन् । Photo by Zapstudio HK

 




Hot News

 

SEARCH

Newsletter

Top