Hot News
मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई,
Home > News > News

३९ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न

Tuesday, 07.28.2015, 11:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
     २६ जुलाई, हङकङ– हङकङबासी कवि, साहित्यकार तथा साहित्यानुरागी महानुभावहरुको उपस्थिति बीच जोर्डन स्थित कङगन रेष्टुरेण्टमा हङकङ साहित्यिक साझा श्रृंखला–३९ औं सम्पन्न भयो ।
      नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनकालागि विगत ३ वर्ष यता प्रत्येक महिनाको अन्तिम आइतबार साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा तथा सामुहिक रुपमा पुस्तक प्रकाशन समेत गर्दै आइरहेको यस श्रृंखलामा साहित्यसंग सम्बन्धित विभित विषयहरुमा आपसी छलफल गर्दै आगामी ४० औं श्रृंखला (२९ अगष्ट २०१५, शनिबार साझ) मा गत वैशाख १२ मा नेपालमा गएको आमविनाशकारी भूकम्प र त्यसबाट पीडितहरु प्रति समर्पित सःशुल्क कविता वाचन गर्ने र उक्त कविताहरुलाई समेटेर भूकम्प विशेष कृतिका रुपमा बजारमा ल्याउँने निर्णय समेत ग-यो ।
      कार्यक्रमको अन्त्यतिर टंक सम्बाहाम्फे, दाजु गुरुङ, बज्र कुमार राई, जुनु राना, डोम राना, मेख बहादुर आले, मगेन्द्र राई, चन्द्र मादेन, टोपबहादुर याक्खा लगायतले सृजना वाचन समेत गरेको उक्त कार्यक्रममा वाचित सृजना तथा समग्र कार्यक्रमबारे टंक सम्बाहाम्फे, दाजु गुरुङ र राज कुमार राईद्धारा छोटो टिप्पणी गर्दै जुनसुकै विधाको रचनाहरु भए पनि हङकङकै जनजीवन र भोगाईहरुलाई उतार्नु पर्नेमा जोड दिएका थिए । 
       श्रृंखलाका संयोजक बज्र कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई उप–संयोजक मेखबहादुर आलेले संचालन गरेका थिए । 


 




Hot News

 

SEARCH

Newsletter

Top