Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > News

गायक ज्ञान सुब्बाको गीति एल्बम `तिम्रो प्रतीक्षा´बिमोचित

Monday, 07.27.2015, 09:40pm (GMT+6.5)    | Comment | Print | Tell friend

राम राई प्रतिनिधि बगैंचा डटकम

जुलाई २५, २०१५ को साँझ जोर्डन स्थित कङ्गन रेष्टुरेन्टमा एउटा नयाँ कृति (गिति एल्बम) बिमोचन भयो । जस्मा कुनै पनि संघ संस्थाका पदाधिकारीहरुलाई अतिथि नबनाइ हङकङमा हुनु भएका नेपाली संगित हस्तीहरुलाई अतिथि बनाइ हङकङगेली गायक ज्ञान सुब्बाको बहुचर्चित र धेरै समयको प्रतीक्षा पछि गीतिएल्बम `तिम्रो प्रतीक्षा´ को लोकार्पण भब्य साथ सम्पन्न भयो । यस्मा सात वटा गीत समाबेश गरिएको छ जस्मा शब्द रचना- बलि सुब्बा, राजेन्द्र दीप, डा. युवराज भट्टराई, एल एस सुब्बा र दिनेस सुब्बाको रहेको छ भने संगित दिनेश सुब्बा, एल एस सुब्बा र शिला बहादुर मोक्तानको रहेको छ ।

कार्यक्रमको उद्घोसक रबिन राईले गरेपछि साहित्यकार टंक सुब्बा र हाङ्युत अज्ञातको मन्तव्य पछि वरिष्ठ संगितकार दिनेश सुब्बाले उक्त कृतिमा संलग्न भएका गीतहरुको रोचक प्रसङ्गले त्यहाँको माहोललाई मनोरञ्जक बनाएका थिए । त्यसपछि एल्बममा समावेश भएका ५ वटा गीतहरु लाइभ गाएर ज्ञान सुब्बाले श्रोताहरूलाई मोहित बनाएका थिए । बादकहरु- तबलामा कृष्ण भक्त महर्जन, गितारमा यादव राई अनि हार्मोनियममा बरिस्ठ संगितकार दिनेश सुब्बाले साथ दिनु भएको थियो ।

ज्ञान सुब्बाको प्रस्तुति पछि गायक गणेश पराजुलीको सुपुत्री गायिका निर्जलाले आफ्नो प्रस्तुति दिएकी थिइन साथै वरिष्ठ गायक नागेन्द्र श्रेष्ठलेले पनि पुरानो सदाबहार गीतहरुको गुन्जनले मोहित बनाएका थिए । साथमा युवाहरुको ढुकढुकी राज तामाङले माहोललाई अझ तताएका थिए । त्यस पश्चात् ज्ञान सुब्बा एउटा हिन्दी गीत `लग्जा गले´ गाए पश्चात् वहाँले केही दिन अगि दुर्घटनामा परि बित्नु भएका नेपाली भाइ निङमा लामालाई श्रद्धान्जली अर्पण गर्दै स्व. नारायण गोपालको ‘आज र राती के देखे सपना’ बोलको गीत गाएका थिए ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top