Hot News
मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई,
Home > News > News

लिम्बू पत्रकार संघ उपत्यकामा नयाँ कार्य समिति चयन

Saturday, 07.25.2015, 10:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

लिम्बू पत्रकार संघमा भीमहाङ
काठमाडौं, (मार्गदर्शन) । लिम्बू पत्रकार संघ उपत्यकामा नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार ललितपरस्थित चुम्लुङ हिममा सम्पन्न पहिलो अधिवेशनमा भीमहाङ थाङ्देनको अध्यक्ष्यतामा नौ कार्यसमिति चयन गरिएको हो ।

भीमसेन लिम्बूको अध्यक्षतामा गठित तर्दथ समिति विगठन गरि तीन वर्षका लागि नयाँ कार्यसमिति गठन गरिएको हो । केन्द्रीय सल्लाहकार देबेन्द्र खापुङ, सचिव विष्णु सिंगकलगायतको उपस्थितिमा गठित कार्य समितिमा सुक तुम्रोक उपाध्यक्ष, एमपी सुब्बा सचिव र कोषाध्यक्षमा सम्पदा योङ्या चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा विक्रम सम्बाहाम्फे, महेश लिम्बू, हाङ्सामा खापुङ र निर्मला आङबुहाङ रहेका छन् ।

त्यस्तै, समितिको सल्लाहकारमा निर्वतमान अध्यक्ष भीमसेन लिम्बू र रिता लिम्बूलाई मनोनयन गरिएको छ । बैठकले भुपेन्द्र खुदाङलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ । संघको केन्द्रीय महाधिवेशन भदौको दोस्रो साता राजधानीमा हुँदैछ ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top